१४९ सांसदसहित पाँच दल आइतबार सर्वोच्च जाने


काठमाडौँ । संसद् विघटनविरुद्ध १४९ सांसदसहित पाँच दल आइतबार सर्वोच्च जाने भएका छन् । संसद विघटन गरि मध्यावधि चुनावमा जाने राष्ट्रपति र प्रधानमन्त्रीको कदम विरुद्ध विपक्षी पाँच दलका नेताहरु आइतबार सर्वोच्च अदालत जाने भएका हुन् ।

प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई समर्थन गरेर राष्ट्रपतिसमक्ष हस्ताक्षर बुझाएका पाँचै दलका सांसद र अन्य नेताहरु सर्वोच्च जाने पाँच दलको नयाँ बानेश्वरमा बसेको सर्वदलीय बैठकले निर्णय गरेको हो ।

बैठकपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रपति र प्रधानमन्त्रीले असंवैधानिक तरिकाले षड्यन्त्रपूर्वक संसद विघटन गरेकाले यसको सबै किसिमबाट प्रतिवाद गरिने बताए । उनले आइतबार १४९ सांसद र यो विघटनको विपक्षमा रहेका नेताहरुसहित सर्वोच्च जाने बताए ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope