एमालेले माधव नेपाल सहित ११ साँसदलाई स्पष्टीकरण सोध्ने


काठमाडौं । नेकपा एमालेले विपक्षीलाई सहयोग गरेको भन्दै ११ माधवकुमार नेपालसहितका ११ सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । शनिबार बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सहयोग गरेको भन्दै ११ जना सांसदहरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए।

नेता नेपाल लगायतका एमालेका २६ सांसदले प्रधानमन्त्रीमा देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका थिए। सुरेन्द्र पाण्डे, घनश्याम भुसाल लगायतका १५ जना नेतासँग भने स्पष्टिकरण मागिएको छैन।

देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको भनिए पनि कतिपयले हस्ताक्षर किर्ते भएको भनेको र कतिपयले लिखित र मौखिक रुपमा आफ्नो सहमति नरहेको जानकारी गराएकाले अरुलाई स्पष्टीकरण नसोधिएको ज्ञवालीले बताए।

स्पष्टीकरण सोधिएका सांसदमा झलनाथ खनाल, माधवकुमार नेपाल, भीमवहादुर रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, सरला यादव, पुष्पाकुमारी कर्ण, कलिला खान, निरादेवी जैरु, लक्ष्मी कुमारी चौधरी र कल्याणी खड्का रहेका छन् ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope