अमेरिकाले सहयोग गरेको स्वास्थ्य सामग्री काठमाडौं आइपुग्यो


काठमाडौं । अमेरिकी सरकारले सहयोग गरेको स्वास्थ्य सामग्री काठमाडौं ल्याइएको छ । कोरोना विरुद्ध लड्नका लागि नेपाललाई पहिलो चरणमा प्रदान गरेको स्वास्थ्य सामग्री काठमाडौं आइपुगेको हो ।
परराष्ट्र मन्त्रालयका अनुसार पहिलो चार्टर्ड विमानले शनिबार स्वास्थ्य सामग्रीहरु नेपाल ल्याएको हो । बाँकी दुई चार्टर्ड विमान दुई दिनभित्र काठमाडौं आउने मन्त्रालयले जनाएको छ ।

शनिबार ल्याइएका सामग्रीहरुमा सर्जिकल मास्क, फेसशिल्ड लगायत छन् । यसैगरी सयवटा भेन्टिलेटर र एक हजार अक्सिजन सिलिण्डर रहेका छन् । ती सामग्री आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरिनेछ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope