कैलाली गेटामा ५० शय्याको आइसोलेसन सञ्चालनमा


काठमाडौं । कैलालीको गेटामा ५० शय्याको आइसोलेसन सेन्टर सञ्चालनमा ल्याइएको छ । निर्माणाधीन गेटा मेडिकल कलेजको भवनमा कोरोनाका संक्रमितको उपचारको लागि सो आइसोलेसन सेन्टर आइबारदेखि सञ्चालनमा ल्याइएको हो ।

जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसििसएमसी) मातहत रहने गरी सुदूरपश्चिम प्रदेश सरकार, धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिकाको सहकार्यमा उक्त आइसोलेसन सञ्चालनमा आएको हो ।

हाल ५० शय्याको आइसोलेसन तयारी अवस्थामा रहेको र आवश्यक जनशक्ति, अक्सिजन, उपकरणलगायत तयारी भएको गोदावरी नगरपालिकाका प्रवक्ता शर्मानन्द भट्टले जानकारी दिए।

उनका अनुसार आइसियूमा राखिने प्रकृतिका बिरामीलाई भने सेती प्रादेशिक अस्पतालमा रिफर गरिने छ । १ महिनादेखि निर्माणको प्रक्रियामा रहेको आइसोलेसन अक्सिजन ग्यास र जनशक्ति व्यवस्थापनमा ढिलाइ हुँदा सेवा सुरुवात गर्न ढिलाइ भएको बताइएको छ। 


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope