अनुसन्धानका विभिन्न विधामा अघि बढ्दै ‘निरी’

सामूहिक प्रयास बाट गरेको योगदानले विज्ञान प्रविधि विकास र नवीनतम उद्योगहरूको स्थापना भई स्थानीय अर्थतन्त्र बलियो, दिगो र नवीकरणीय बनाउन मद्दत गर्यो भने भोलि हाम्रा भाइबहिनी, छोरा नातिले आफ्नो गाउँ ठाउँ छोडी बिदेसिनु पर्ने बाध्यता कम हुनेछ।


निरी अर्थात Nexus Institute for Research and Innovation (NIRI) एक स्वतन्त्र र नाफा नबाँड्ने गैर-नाफामूलक (प्राइभेट, नट-फर-प्रोफिट शेयरिङ्ग) संस्था हो । निरी अनुसन्धानका विभिन्न विधामा अघि बढ्दै छ । ‘निरीका संस्थापक सदस्यहरू अनुसन्धानका विभिन्न विधामा विश्वका शीर्ष विश्वविद्यालयबाट योग्यता हासिल गर्नुका साथै कृषि, स्वास्थ्य, औषधि विज्ञान, सूचना-प्रविधि, सामाजिक विज्ञान, तथ्याङ्क -शास्त्र र उद्यमशीलता जस्ता विभिन्न क्षेत्रहरूमा अनुसन्धान, नवप्रवर्धन र पेसागत सीप र अनुभव प्राप्त गरेका छन्,’ निरीका संस्थापक सदस्यहरू बताउँछन् ।

निरीको उद्देश्यहरुमा प्राकृतिक, व्यवहारिक तथा सामाजिक विज्ञानसँग सम्बन्धित आधारभूत अनुसन्धान गर्ने, यसका लागि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरूसँग सहकार्य गर्दै अनुसन्धानलाई सबलीकरण गर्ने, नीतिनिर्माणमा सहयोग गर्ने, अनुसन्धानमा तालिम प्रशिक्षण गर्ने तथा नवप्रवर्तन र अनुसन्धानका परिणामहरूलाई औद्योगीकरण गर्ने रहेका छन्। यसका साथै निरीले अनुसन्धानसँग सम्बन्धित सिपमूलक शैक्षिक कार्यशाला र प्रशिक्षणका कार्यक्रमहरू सञ्चालन गर्ने रहेको छ ।

निरिका सदस्यहरु भन्छन, ‘द्रुत बिकासका लागी आर्थिक नीतिहरू समय सापेक्ष र युवामुखी हुनुपर्दछ। युरोपमा भएका केही अनुसन्धानहरूले वैज्ञानिकहरू आ-आफ्नै जन्मभूमिमा गई प्रयोगहरू गरे झनै मौलिक, व्यवहारिक र समाजसेवा मुखी विज्ञान तथा प्राविधिक विकास हुनसक्छ । नेपालमा यस्ता संस्थान, प्रयोगशाला र कम्पनी हरूको निकै खाँचो छ, तर केही चुनौतीहरू पनि छन्। पहिलो कुरा: भौतिक संरचनाहरू पर्याप्त नहुनु हो, दोस्रो दक्ष जनशक्ति को अभाव। दृढ-संकल्पित र सम्बन्धित क्षेत्रका विज्ञहरू र प्राविधिक जनशक्ति सँग सहकार्य गरे यस्ता संरचना, संस्थान बनाउन चाहिने स्रोत, साधन जुटाउन सके यस्ता योजनाहरू दिगो हुन सक्छन् । सबै युवाहरू हातेमालो गरी अघि बढ्ने सञ्जाल बनाउन पाए हाम्रो शैक्षिक, आर्थिक र सीपमूलक विकास दिगो हुनसक्छ ।’

राजेन्द्र पंगेनी

निरीसँग आबद्द हुनुभएका सदस्य तथा अनुसन्धानकर्ताहरुमा नेपाल फर्कौँ महाअभियानका प्रमुख अभियन्ता डा राजेन्द्र पंगेनी भन्छन, ‘हामीले हाम्रो पेशा, व्यवशाय र विज्ञताबाट आर्जन गरेको सिप र अन्तर्राष्ट्रिय अनुभवलाई नेपालकै लागि सदुपयोग गर्न केही संस्थागत काम सुरु गर्नु पर्छ ।’ त्यस सँगै अमेरिकाबाट दश वर्षे बसाई बिट मारेर नेपाल फर्की हाल ललितपुरमा रैथाने नेपाली खाना घरदैलोमै पुर्याउने रेस्टुरेन्ट सुरु गर्दा आफूले झेल्नु परेको प्रशासनिक झन्झट स्मरण गर्दै बिनिशा श्रेष्ठ भन्छिन, ‘विदेश पठाउने सयौँ सङ्घ संस्था छन्। तर नेपालमै केही गरौँ भन्ने चाहना भएका नेपालीलाई मौलिक समस्याहरूको समाधान गर्न सहयोग गर्ने संस्था छैनन् ।’

बिनिषा श्रेष्ठ

संस्था मात्रै हैन पूर्वाधार र दक्ष जनशक्तिको अभाव र स्वास्थ्य सामग्री आपूर्ति प्रबन्ध फितलो हुनाले नेपालमा कुनै समस्या भयो भने त्यसलाई तुरुन्त सम्बोधन गर्न नसकिने धारणा मध्य-पूर्वबाट कयौँ वर्ष सप्लाई चैन म्यानेजमेन्टको अनुभव बटुलेर नेपाल फर्केका दिपक उप्रेतीको छ  |

दिपक उप्रेती

इन्स्टिच्युट अफ ट्रपिकल मेडिसिन, नागासाकी युनिभर्सिटी जापानमा कार्यरत र अहिले त्रिभुवन विश्वविद्यालयको सह प्राध्यापक पदमा नियुक्त भएका डा श्याम डुम्रेले आवश्यक पूर्वाधार र उपकरण भए नेपालमै समस्याको समाधान गर्न सक्ने जनशक्ति पर्याप्त रहेको बताउँछन् ।

श्याम डुम्रे

पूर्वाधार र जनशक्तिको अभावको प्रसङ्ग चल्दै गर्दा सुदूरपश्चिम घर भई हाल वासिङ्टन डिसी बस्दै आएका डा हेम राज ढकाल सुदूरपश्चिम नेपालका युवा रोजगारी खोज्दै भारत पस्ने क्रम नरोकिएको देख्दा आफूलाई साधन, स्रोत, र दक्ष जनशक्तिलाई सँगै ल्याई उद्यमशीलता केन्द्र बनाउने ठुलो धोको रहेको बताउँछन् ।

हेमराज ढकाल

प्राविधिक शिक्षा र दक्ष जनशक्तिलाई सँगै ल्याउने प्रसङ्गमा क्यालिफोर्निया विश्वविद्यालयका शल्यक्रिया विभागका प्राध्यापक डा तारा सिग्देलले आफूलाई नेपालबाट सल्लाह र प्राविधिक सहयोगका लागी धेरै अनुरोध आएको र यसलाई अझैँ प्रभावकारी बनाउन नेपाली मूलका वैज्ञानिक हरूको सञ्जालको आवश्यकता भएको औँल्याउछन ।

तारा सिग्देल

बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा श्वास प्रश्वास महामारी विज्ञानको अनुभव सँगालेर हाल बेलायतकै कोभेन्ट्री विश्व विद्यालयको स्वास्थ्य सेवामा कार्यरत डा ओम कुर्मीले आफूसँग अनुसन्धान गर्न प्राप्त केही अनुदान र योजना रहेको र अरू समान विचार भएका साथीहरू जुटे विभिन्न दात्री निकायहरूमा प्रस्तावहरू लेख्न सकिने बताउँछन् ।

ओम कुर्मी

अनि भ्रूणजन्य मूल कोशिका प्रत्यारोपण र औषधीय विज्ञानमा ख्याति कमाएका डा संजीवन गौतमले अनुदान मात्र नभएर अमेरिकाको नेसनल इन्स्टिट्युट अफ हेल्थ जस्ता संस्थाहरूबाट नेपाल जस्तो अनुसन्धानमा पछाडि परेको राष्ट्रले श्रोत र उपकरणको लागि सहकार्य गर्न सकिने बताउँदै विश्व स्तरको अनुसन्धान नेपालमै गर्न सकिने सुझाउछन् ।

संजिवन गौतम

यसै गरी अष्ट्रेलियामा कार्यरत वैज्ञानिक रेश्मा शाक्यले नेपालमै अनुसन्धान गर्ने ठाउँ बनाउने चाहना रहेको बताउँछिन ।

रेश्मा शाक्य

डा पंगेनी भन्छन, “हामीले विदेशमा रहेको भौतिक र व्यक्तिगत केही सुविधा त्यागेर आफ्नै देश फर्केर सामूहिक योगदान नगर्दासम्म मुलुक बन्न मुस्किल नै हुन्छ। यसको लागि आफ्ना गाउँबाट बिदेसिएका व्यक्तिहरूले एउटा सञ्जाल निर्माण गर्न जरुरी छ। गाउँमै गएर केही गर्ने वातावरण निर्माण गर्नुपर्छ।”

यसै क्रममा स्वास्थ्य क्षेत्र सुधार र राष्ट्रिय आविष्कार केन्द्रमा ठुलो योगदान पुर्याउनु भएका डा सन्तोष सापकोटा, कोरिया बाट विद्यावारिधि सकाएर नेपाल फर्केका सुबाश अधिकारी, अमेरिकाकै विश्व विद्यालयमा अध्यापन गरिरहनु भएका डा तुलसी आचार्य र डा मिलन बिमली, अमेरिकामै अनुसन्धानमा व्यस्त डा राजेन्द्र कार्की तथा डा भेष राज शर्मा, उद्यमशीलता आफ्नो पहिचान बनाएका म्यानमारका एकनाथ खतिवडा तथा साउदी अरबका पदम भण्डारी ले पनि निरिको महत्व र औचित्य दर्साउँछन् ।

सन्तोष सापकोटा

निरीका अर्का सदस्य बिष्णु जोसी भन्छन, ‘हामीले स्थानीय क्षेत्रको आम जन-जीवनमा प्रत्यक्ष असर गर्ने खालको विज्ञान र प्रविधिको त्यही क्षेत्रमा विकास गर्नु आवश्यक छ। उदाहरणको लागि जुम्लामा त्यहीको स्याउ खेती , भण्डारण र जुस प्रशोधन सम्बन्धी अनुसन्धान र प्राविधिक विकासमा जोड दिनुपर्यो भने इलाममा चिया सम्बन्धी या खप्तड मा जडीबुटी सम्बन्धी। यसो गरे देखि अरू देशका शैक्षिक संस्था र अनुसन्धान केन्द्रहरू सँग सहकार्यका बाटा खुल्छन्। बिस्तारै यस्ता विज्ञान अनुसन्धान केन्द्र वरिपरि नवीन साना उद्योग खुल्छन् र स्थानीय विकास र अर्थतन्त्र दिगो र नवीकरणीय हुँदै जान्छ।’

बिष्णु जोसी

उनि थप्छन, ‘कतिलाई लाग्ला हाम्रो जीवन चलेकै छ, हामी किन टाउको दुखाउने ? तर के हाम्रो आफ्नो देशप्रति दायित्व छैन ? के हाम्रो विज्ञता, साधन स्रोत र विदेशको अनुभवलाई आफ्नै मातृभूमि नेपालमा भित्र्याउनु अपरिहार्य छैन र ? हामी सबै युवा मिलेर नेपालमा विज्ञान तथा प्रविधिको आधारभूत शिक्षा प्रदान गर्ने एउटा संस्थाको खाका कोर्न अबेला भई सकेको छ। प्रवासका नेपाली मूलका सबै वैज्ञानिक हरू एकजुट हुने बेला हो यो । अब त्यो सम्भावनाको ढोका निरिले खोलेको छ।’

मिलन बिमली

सामूहिक प्रयास बाट गरेको योगदानले विज्ञान प्रविधि विकास र नवीनतम उद्योगहरूको स्थापना भई स्थानीय अर्थतन्त्र बलियो, दिगो र नवीकरणीय बनाउन मद्दत गर्यो भने भोलि हाम्रा भाइबहिनी, छोरा नातिले आफ्नो गाउँ ठाउँ छोडी बिदेसिनु पर्ने बाध्यता कम हुनेछ।

एकनाथ खतिवडा

अहिले निरीले हरेक महिना विभिन्न विधामा रहेका अनुसन्धानकर्ता, लेखक तथा ख्याति कमाएका व्यक्तित्वहरूलाई ‘गेस्ट स्पिकर’ को रुपमा बोलाएर विबिनार गरिरहेको छ । यो सबै निरीको आफ्नै फेसबुक पेजबाट पनि हेर्न सकिन्छ ।

(नोट: यो लेख समयसमाचार टिमले निरीका सदस्यहरुलाई सोधी, खासगरी बिष्णु जोसीले लेखेको लेखका आधारमा तयार पारिएको हो ।)


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope