नेप्से परिसूचक हालसम्मकै उच्च, नयाँ रेकर्ड कायम

काठमाडौं । सेयर बजारमा नँया रेकर्ड कायम भएको छ । सेयर कारोबार मापक नेप्से परिसूचकले हालसम्मकै ऐतिहासिक रेकर्ड राखेको हो । नेप्से परिसूचक आइतबार मध्यान्ह २८ सय २० माथि पुगेर नयाँ रेकर्ड राखेको हो ।
नेपाल स्टक एक्सचेञ्जका प्रवक्ता मुराहरी पराजुलीले आइतबार नयाँ रेकर्ड कायम भएको पुष्टि गरे । संसद विघटन भएसँगै अब राजनीतिक अस्थिरता निम्तिएका कारण बजार घट्छ कि भन्ने आकलन गरिएको थियो ।
आइतबार कारोबार खुलेको १० मिनेट नबित्दै करिब ५० अंकले नेप्से परिसूचक घट्यो । त्यसपछि सम्हालिएको परिसूचक कारोबार बन्द हुँदासम्म ३२ दशमलव ८१ अंकले बढेर २ हजार ८ सय २० मा पुगेको छ । यो हालसम्मकै उच्च हो ।
२२० कम्पनीको सेयर किनबेच हुँदा कारोबार रकम ११ अबर् ६५ करोड ५८ लाख रूपैयाँ पुगेको छ । आइतबार नेप्सेमा कारोबार हुने ३ वटा समूहगत परिसूचकहरु घटेका छन् भने बाँकी सबै समूहगत परिसूचक बढेका छन् । घट्नेमा होटल तथा पर्यटन, निर्जिवन बीमा र लघुवित्त समूह देखिएका छन् ।
सबैभन्दा धेरै बढ्नेमा भने विकास बैंक र फाइएनान्स समूह देखिएको छ । विकास बैंक समूहको सवइन्डेक्स ७ दशमलव ५४ र फाइनान्सको ६ दशमलव ७६ प्रतिशतले बढेको छ ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस