चीनमा भएको एउटा दौडमा २१ धावकको ज्यान गयो


काठमाण्डौ । चीनमा एउटा दौडमा सहभागी भएका २१ धावकको ज्यान गएको छ । सय किलोमिटर दूरी भएको दौडमा एक सय ७२ धावक सहभागी थिए । पश्चिम–उत्तर चीनको पहाडी भेगमा पर्ने रिभर स्टोन फरेस्टमा आयोजित प्रतियोगिताका बेला तीव्र गतिको हावासहित कठ्याङ्ग्रिने गरी वर्षा भएपछि उनीहरुको ज्यान गएको समाचारमा जनाइएको छ ।

हिजो भएको दौडमा हराएकाहरुमध्ये आज २१ जनाको शव भेटिएको खबरमा उल्लेख छ । राति पहाडी क्षेत्रमा तापक्रम घटेको हुँदा खोजी कार्य कठिन भएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।
यल्लो रिभर स्टोन फरेस्ट ५० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । एक सय ५१ जनाको उद्धार गरिएको र उनीहरुमध्ये धेरैलाई चोट लागेको बीबीसीले जनाएको छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope