युगकवि श्रेष्ठको ‘मेरो प्यारो ओखलढुंगा’ अब भिडियोमा


काठमाडौं । युगकवि सिद्धिचरण श्रेष्ठको शब्दरचना रहेको बहुचर्चित ’मेरो प्यारो ओखलढुंगा’ गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा स्वरसम्राट नारायण गोपालको संगीत–स्वर रहेको छ । आज युगकवि सिद्धिचरण श्रेष्ठको ११० औं जन्मजयन्ती हो ।

यही अवसर पारेर कवि श्रेष्ठको शब्द तथा स्वर सम्राट नारायण गोपालको स्वर रहेको गीत ‘मेरो प्यारो ओखलढुङ्गा’को भिडियो सार्वजनिक भएको छ । युगकवि सिद्धिचरण प्रतिष्ठानले निर्माण रहेको गीतको भिडियो दिनेश डिसीले निर्देशन गरेका हुन् ।

तीन बर्ष अगाडि निर्माण भएको यो भिडियो बल्ल अहिले सार्वजनिक गरिएको हो । भिडियोमा समीक्षा पोखरेल, महेश खड्का र दिनेश डिसी लगायतको अभिनय छ । भिडियोमा युगकवि सिद्धिचरणको बारेमा अध्यापन गर्न चाहने दुई विद्यार्थीको श्रेष्ठको जन्मस्थानसम्मको खोज मुलक यात्रा प्रस्तुत गरिएको छ ।

सात मिनेट लामो गीतलाई सत्य नेपाल नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । सुरेश घिसिङले खिचेका छन् ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope