भारतमा कोरोना संगै ब्ल्याक फंगसका बिरामी पनि बढे


भारतमा कोरोना भाइरस संगसंगै ‘ब्ल्याक फंगस’ का संक्रमित पनि बढीरहेका छन् । अहिलेसम्म भारतभर ब्ल्याक फंगसबाट संक्रमित भएका झण्डै १० हजार मानिस फेला परिसकेका छन्।

ब्लक फंगस कोरोना भाइरसको तुलनामा निकै बढी जोखिमपूर्ण रहेको जनाइएको छ । यसको संक्रमणमा परेका मानिसको मृत्युदर पनि निकै उच्च रहेको समाचारमा जनाइएको छ ।

म्युकरमायाकोसिस पनि भनिने यो संक्रमण भएका मानिसको मृत्युदर करिब ५० प्रतिशत छ । केही संक्रमितलाई बचाउन उनीहरूको आँखा नै निकाल्नुपरेको छ ।

भारतमा हालैका महिनामा यो फंगसबाट संक्रमित हुनेको संख्या बढिरहेको छ। कोरोना संक्रमणबाट मुक्त भएकाहरूलाई फेरि ब्ल्याक फंगसले आक्रमण गरेको हो।

ब्ल्याक फंगसको सम्बन्ध कोरोनाविरुद्ध उपचारमा प्रयोग हुने स्टेरोइडसँग रहेको चिकित्सकहरूले बताएका छन्। उनीहरूका अनुसार मधुमेह रोग लागेकाहरू ब्ल्याक फंगस संक्रमणको उच्च जोखिममा रहेका हुन्छन्।

चिकित्सकहरूका अनुसार कोरोना संक्रमणबाट मुक्त भएको १२ देखि १८ दिनभित्र मानिसको शरीरलाई ब्ल्याक फंगसले आक्रमण गर्ने गरेको पाइएको छ।

भारतमा ब्ल्याक फंगसबाट संक्रमितहरूमध्ये आधाभन्दा धेरै पश्चिमी राज्य गुजरात र महाराष्ट्रमा भेटिएका छन्। यही क्षेत्र नै अहिले कोरोना महामारीबाट सबैभन्दा बढी प्रताडित छ।

त्यहाँको अन्य १५ राज्यमा पनि ब्ल्याक फंगसबाट संक्रमित कम्तीमा ८ सय मानिसहरू फेला परेका छन्। निकै तीव्र गतिमा फैलिरहेकाले भारतका २९ राज्यमा यो समस्यालाई महामारी घोषणा गर्न आग्रह गरिएको छ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope