साहित्यकार वानीरा गिरिको निधन


काठमाडौँ । साहित्यकार वानीरा गिरिको निधन भएको छ । लेखक, साहित्यकार गिरिको हृदयघातका कारण आइतबार राति निधन भएको हो ।

झण्डै ३ वर्षयता अल्जाइमर्स रोगबाट ग्रसित भएर घरमै आपत्कालीन स्वास्थ्य सेवा लिइरहेकी वानीरालाई ३ साताअघि कोरोना पोजिटिभसमेत देखिएको र आइतबार राति हृदयघातको आशंकामा निजामती अस्पताल लगिएको थियो ।

गिरिमा कोरोना संक्रमणसमेत यथावतै रहेकाले उनको अन्तिम संस्कारको जिम्मेवारी नेपाली सेनाले लिएको पारिवारिक स्रोतले जनाएको छ ।

७६ वर्षीया गिरि उपन्यास, कविता र निबन्ध लेखनमा फरक दृष्टिकोण तथा शैलीका कारण नेपाली साहित्यमा चिनिएकी थिइन् । उनले आफूलाई मानवतावादी र प्रकृतिवादी भनेर चिनाउने गरेकी थिइन् ।

उनका ‘कारागार’, ‘निर्बन्ध’ र ‘शब्दातित सान्तनु’ उपन्यास तथा ‘मेरो आविष्कार’, ‘जीवन ः थायमरु’, ‘एउटा जिउँदो जंगबहादुर’ कविता संग्रहहरु प्रकाशित छन् ।

उनले ‘शब्दातीत शान्तनु’ उपन्यासका लागि २०५६ सालको साझा पुरस्कार पाएकी हुन् । कवि गोपालप्रसाद रिमालका कवितामाथि त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि गरेकी गिरिले लामो समय पद्मकन्या क्याम्पसमा प्राध्यापन गरेकी थिइन् । उनी नेपाली साहित्यमा विद्यावारिधि गर्ने प्रथम महिला पनि हुन् ।

भारतको खर्साङमा जन्मे–हुर्केकी वानीरा उच्च शिक्षा लिने अवसरमा काठमाडौं आएकी थिइन् । वानीराका श्रीमान (इन्जिनियर शंकर गिरी), एक छोरा अपूर्ण र एक छोरी अपराजिता छन् ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope