धनुषा, महोत्तरी र सर्लाहीमा तेस्रो पटक निषेधाज्ञा थपियो


काठमाडौं । प्रदेश–२ का तीन जिल्लामा तेस्रो पटक निषेधाज्ञाको समय थपिएको छ । कोरोना संक्रमण बढिरहेको भन्दै धनुषा, महोत्तरी र सर्लाहीमा तेस्रो पटक निषेधाज्ञा लम्बयाउने निर्णय भएको हो ।

धनुषामा जेठ १० गतेसम्म निषेधाज्ञा जारी रहेकोमा एक साताका लागि निषेधाज्ञा थप गरिएको छ । अब जेठ १७ गतेसम्मका लागि निषेधाज्ञा कायम रहने प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जानकारी दिए ।

यस्तै सर्लाहीमा पनि एक साता निषेधाज्ञाको समय बढाइएको छ । प्रमुख जिल्ला अधिकारी हेमराज तामाङका अनुसार १० गतेसम्म निर्धारण गरिएको निषेधाज्ञाको समयलाई बढाएर जेठ १७ गतेसम्म कायम गरिएको छ ।

यस्तै महोत्तरीमा थप १० दिन निषेधाज्ञा लम्बयाइएको छ । जेठ १० सम्म तोकिएको निषेधाज्ञालाई जेठ २० गतेसम्म निरन्तरता दिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले जानकारी दिए ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope