सेयर बजारमा सोमबार पनि नँया रेकर्ड, एकैदिन १३ अर्बको कारोबार


काठमाडौं । सेयर बजारमा एकैदिन सबैभन्दा बढी रकमको कारोबार भई नँया रेकर्ड कायम भएको छ । सोमबार नेप्से परिसूचकसँगै सेयर कारोबार रकमले ऐतिहासिक रेकर्ड राखेको हो ।

सोमबार एकैदिन १३ अर्ब रुपैयाँ भन्दा धेरै सेयर किनबेच भएको छ । यो नेपाली सेयर बजारको इतिहासमै एकैदिन भएको सबैभन्दा धेरै ठूलो कारोबार हो ।गत वर्षको लकडाउनपछि उछाल आएको सेयर बजारमा नँया रेकर्ड कायम भइरहेका छन् ।

आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक २ हजार ८ सय २० नाघेर कायम रेकर्ड राखेको बजारले सोमबार नयाँ रेकर्ड राखेको छ ।

उता नेप्से परिसूचक झिनो अंकले बढे पनि नयाँ रेकर्ड कायम भएको छ । सोमबार नेप्से परिसूचक ३ दशमलव ०७ अंकले बढेर २ हजार ८ सय २३ दशमलव ०.६ अंकमा पुगेर ऐतिहासिक रेकर्ड राखेको छ । 


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope