संसद पुनःस्थापना हुनेमा धुक्क छौं : गगन थापा


काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले संसद पुनःस्थापना भएरै छोड्ने दाबी गरेका छन्। प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा रिट दायर गरेर फर्किने क्रममा नेता थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान विपरित गरेको संसद विघटनको निर्णय उल्ट्याउनेमा आफूहरु ढुक्क रहेको बताएका हुन्।

उनले आफूहरु संसद्को पुनःस्थापनाको लागि पटकपटक अदालत आउनुपर्दा कर्तव्य पूरा गरेको भए पनि उत्साहित हुनुपर्ने अवस्था नरहेको सुनाए।

अयोग्य र अहंकारी प्रधानमन्त्री होलान् भन्ने आफुहरुले कल्पनासमेत नगरेको भन्दै थापाले पटक पटक संसद पुनःस्थापनाको माग लिएर आउनु रहर नभएर बाध्यता भएको सुनाए।

प्रधानमन्त्रीका पछिल्ला अभिव्यक्तिहरु टिप्पणीयोग्य पनि नभएको भन्दै थापाले ओलीले कांग्रेस प्रचण्डपथमा हिँड्यो भनी दिएको अभिव्यक्तिको आलोचना गरे ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope