कोरोना भन्दा घातक मानिएको ‘ब्ल्याक फंगस’ के हो ?


म्युकरमायकोसिस पनि भनिने यो संक्रमण विश्वमै निकै दुर्लभ मानिन्छ। यो ढुसीका कारण हुन्छ। माटो, बिरुवा, मल र सडेको फलफूल तथा सागसब्जीमा यस्तो ढुसी हुनसक्छ। स्वस्थ मानिसको नाकमै पनि यो फंगस रहेको हुनसक्छ।

यो फंगसले अनुहारको हड्डी, दिमाग र फोक्सोमा असर गर्छ। डायबिटीज र एचआइभी÷एड्स लगायत रोग लागेकालाई संक्रमण भए मृत्युदर अधिक हुनसक्छ।

नाक बन्द हुनु, नाकबाट रगत या कालो पदार्थ निस्कनु, आँखा चिलाउनु र पीडा हुनु, आँखाको परेली उठाउन नसक्नु, धमिलो देख्नु र अन्त्यमा अन्धोपन हुनेजस्ता समस्या ब्ल्याक फंगसले निम्त्याउने गर्छ।

ब्ल्याक फंगसबाट संक्रमित भई खराब अवस्थामा पुगेपनि मात्रै मानिसहरू उपचार प्रकृयामा आउँदा बचाउन गाह्रो हुने गरेको भारतका चिकित्सकहरूले बताएका छन्।

यस्तो स्थितिमा दिमागसम्म संक्रमण फैलन नदिन त्यहाँ संक्रमितको आँखा नै निकाल्न परिरहेको छ। ब्ल्यांक फंगस रोक्न अहिलेसम्म फेला परेको एकमात्र औषधी एन्टी फंगल इन्जेक्सन नै हो।

यो इन्जेक्सनको एक डोजको मूल्य नै करिब ३५ सय भारु पर्छ। यो इन्जेक्सन हरेक ८ हप्तामा एकपटक लगाउनुपर्ने चिकित्सकले बताएका छन् । 


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope