एनआरएनएले सातै प्रदेशमा अक्सिजन प्लान्ट स्थापना गर्ने

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपालका सातवटै प्रदेशमा अक्सिजन प्लान्ट स्थापना गर्ने भएको छ ।
आइतबार बसेको संघको राष्ट्रिय समिति, पदाधिकारी, केन्द्रीय पार्षद्को संयुक्त बैठकले सो निर्णय गरेको हो। नेपालमा कोरोना विरामीका लागी अक्सिजन अभाव भएका र अक्सिजन अभावमा ज्यान गुमाउनु परेको छ ।
सोही अवस्थालाई ध्यानमा राखी कोरोना उपचारमा सहयोग पुराउने उद्देश्यले सातै प्रदेशमा अक्सिजन प्लान्ट स्थापना गर्ने निर्णय गरेको हो ।
तीव्र रूपमा नेपालमा फैलिरहेको कोरोना सङ्क्रमणलाई नियन्त्रण गर्न खोप नै अन्तिम विकल्प भएकोले तत्काल अन्तरराष्ट्रिय समुदायसँग खोप उपलब्ध गराइदिन अपिल गर्ने निर्णय पनि एनआरएनए बैठकले गरेको छ।
त्यस निम्ति गैरआवासीय नेपाली संघको राष्ट्रिय समितिमार्फत सम्बन्धित देशका सरकार समक्ष नेपालको लागि खोप उपलब्ध गराउन पहल गरिने छ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस