मालीका राष्ट्रपति र प्रधानमन्त्री सेनाको नियन्त्रणमा


काठमाडौं । मालीको सेनाले राष्ट्रपति र प्रधानमन्त्रीलाई नियन्त्रणमा लिएको छ । संयुक्त राष्ट्रसंघ र अफ्रिकी संघका अनुसार सेनाले प्रधानमन्त्री मोक्तार औएने र राष्ट्रपति बाह नदालाई नियन्त्रणमा लिएको हो ।

सोमबार मालीको सरकार पुनर्गठन भएसँगै सेनाले राष्ट्रपति र प्रधानमन्त्रीलाई नियन्त्रणमा लिएको हो । मालीमा नौ महिनाअघि सेनाले कू गर्दै मुलुकका राष्ट्रपतिलाई पदबाट हटाएको थियो । त्यसपछि सोमबार सरकार पुनर्गठन भएको थियो ।

पुनर्गठनको क्रममा गत वर्ष भएको ‘सैन्य कू’मा संलग्न दुई वरिष्ठ सैन्य अधिकारीलाई सरकारबाट हटाइएको थियो ।

उनीहरुले पुनः सैन्य कू गर्न सक्ने आशंका बढेसँगै सरकारले उनीहरुलाई पदबाट हटाएको थियो । यो अन्तरिम सरकारमा सेनाको ठूलो प्रभाव रहेको भन्दै मानिसहरुले विरोध गर्दै आएका थिए ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope