झलनाथ खनाल,माधव नेपाल र भीम रावलसहित ११ जनालाई कारबाही, अव के होला ?


नेकपा एमालेको स्थायी कमिटी बैठकले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने विघटित प्रतिनिधिसभाका सदस्य खनाल, नेपाल, रावलसहित ११ जना लाई पार्टीबाट निष्कासन कारवाही गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार भएको बैठकमा यसअघि शनिबारको बैठकले स्पष्टीकरण सोधिएका झलनाथ खनाल,माधव नेपाल र भीम रावलसहित ११ जनाले स्पष्टीकरण नबुझाएकाले थप कारबाही गरेको हो ।

बैठकले झलनाथ खनाल, माधव नेपाल,भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, सरला यादव, पुष्पा कर्ण, लक्ष्मी चौधरी, कलिला खातुन र निरा देवी जैरूलाई साधारण सदस्य नरहनेगरी निष्कासन गरेको हो।

शिलापत्रमा जनक नेपाल माधव नेपाललाई सम्झदै लेख्छन, ‘जसले २७ वर्ष पार्टी नेतृत्व गरे, उनै एमालेबाट निकालिए । ‘ यता माधब नेपाल भने ‘ओलीलाई गद्दारको संज्ञा दिँदै नयाँ पार्टी खोल्ने खनाल-नेपाल समूहको तयारी‘ गर्दैछन ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले (नेपाल समूह), जनता समाजवादी पार्टी (उपेन्द्र-बाबुराम समूह), राष्ट्रिय जनमोर्चाका सांसदले हस्ताक्षरसहित आफैं उपस्थित भएर अदालतमा रिट हालेका छन् । रिटमा कांग्रेसका ६१, माओवादी केन्द्रका ४८, एमालेका २३, जसपाका १२ र जनमोर्चाका १ सांसदले हस्ताक्षर गरेका थिए।

नयाँ पत्रिका लेख्छ, ‘२७१ सदस्यीय प्रतिनिधिसभाका १४६ सदस्य सशरीर उपस्थित भएर रिट दर्ता गरेपछि सर्वोच्च अदालतसामु दुई जिम्मेवारी :
१. ११ फागुनमा आफैँले दिएको फैसलाको वैधानिकता जोगाउने २. शीतलनिवासले अस्तित्व अस्वीकार गरेका सांसदलाई पहिचान दिलाउने’

रिटमा गरिएका मागहरू निम्न छन् :

  • प्रतिनिधिसभा विघटनको निर्णय खारेज भई संसद् पुनस्र्थापना हुुनुपर्ने
  • धारा ७६ (५)का प्रधानमन्त्रीका रूपमा शेरबहादुर देउवाको दाबी पुगेकोले उनको नियुक्ति भई विश्वासको मत लिने प्रबन्ध मिलाइनुपर्ने
  • अर्को दलको सांसदलाई प्रधानमन्त्री बन्न समर्थन गर्दा दलबाट कारबाही गर्न रोक लगाइनुपर्ने
  • निर्वाचन आयोगबाट कुनै पनि निर्वाचन कार्यक्रम घोषणा गर्न रोक लगाउनुपर्ने
  • बजेटका लागि प्रतिनिधिसभाको अधिवेशन बोलाउन आदेश माग
  • वर्तमान सरकारद्वारा दूरगामी प्रभाव पार्ने कार्य तथा निर्णय गर्न रोक गराउनुपर्ने
  • आर्थिक वर्ष ०७८/७९ को बजेट अध्यादेशमार्फत ल्याउन रोक्नुपर्ने

कोरोना माहामारिका बिचमा पनि अहिले धेरैका आँखा यो नेपालको घिनलाग्दो राजनीतिमा छन् । अव के होला?


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope