आगामी रणनिती बनाउन विपक्षी गठबन्धनका शीर्ष नेताको छलफल

काठमाडौं । विपक्षी गठबन्धन ५ दलका शीर्ष नेताबीच सर्वोच्च अदालतमा दायर गरिएको रिटपछि अपनाउनुपर्ने आगामी रणनीतिका विषयमा छलफल भएको छ ।
छलफलमा कानुनी लडाइँबारे कसरी अघि बढ्ने र कतिपय सांसदहरुको ठेगानामा भएको त्रुटीलाई सच्चाउने विषयमा पनि छलफल भएको छलफलमा सहभागी काँग्रेस नेता रमेश लेखकले जानकारी दिए ।
पाँच दलका तर्फबाट सोमबार प्रतिनिधिसभा विघटन बदर र बहुमत भएकाले देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेशको माग गर्दै १ सय ४९ सांसदले रिट दर्ता गरेका थिए ।
उनीहरुले यसअघि जेठ ७ गते ७६ (५) अनुसार प्रधानमन्त्री दाबी गर्दै राष्ट्रपति कार्यालयमा आधार पेश गरेपनि राष्ट्रपति विद्यादेवी भण्डारीले अस्वीकार गरेकी थिइन् ।
सिंहदरबारस्थित काँग्रेस संसदीय दलको कार्यालयमा भएको छलफलमा काँग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलबीच सहभागी थिए ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस