अज्ञात रोगले घारमै मर्न थाले मौरी


सिमकोट । हुम्लाको सिमकोट गाउँपालिका–७ जबुका गाउँमा अज्ञात रोगका कारण मौरी घारमै मर्न थालेका छन् । लामो समयदेखि मौरीपालन व्यवसाय गर्दै आएका कृषकको अज्ञात रोगका कारण घारमै मौरी मर्न थालेका छन् ।    
    
 व्यावसायिक रुपमा मौरीपालन गर्दै आएका वडा नं ७ का गोइते सिंहका २० घारमध्ये पाँच घारमा अज्ञात रोगले मौरी मरेका वीरबहादुर सिहंले जानकारी दिनुभयो । अज्ञात रोगले घारभित्रै मौरी मर्न थालेपछि चिन्ता बढेको सिंहले बताउनुभयो । मौरीपालन गरेका सिंहले मह र मौरीका घार बेचेर राम्रो आम्दानी हुने गरेको जानकारी दिनुभयो ।    
    
 एक्कासि मौरी मर्न थालेपछि व्यवसाय नै चौपट होलाजस्तो भएको उहाँले बताउनुभयो । मौरी के कति कारणले मरे भन्नेबारे अहिलेसम्म कुनै जानकारी हुन सकेको छैन । जिल्लामा एक माना महको रु एक हजार देखि एक हजार २०० सम्म मूल्य पर्ने गरेको छ ।    
    
 पिङ खेल्ने क्रममा एक बालकको मृत्यु    
    
 सर्केगाड गाउँपालिका–१ मा पिङ खेल्ने क्रममा पिङको डोरीमा झुण्डिएर नौ वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा हरिया दमाईंका छोरा धौला रहेका छन् । सोमबार अपराह्न ३ः०० बजे जैर गाउँको स्याँडी भन्ने वनमा गोठालो गएका दमाईं साथीसँग रूखमा लगाइएको पिङ खेल्ने क्रममा डोरी चुँडिएर घाँटीमा बेरिँदा उनको मृत्यु भएको जैरका स्थानीयवासी धनलाल बुढाले बताउनुभयो । घटनास्थल गाउँभन्दा टाढा रहेकाले गाउँबाट मान्छे घटनास्थलमा पुग्दासम्म बालकको मृत्यु भइसकेको थियो ।    


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope