सचेत क्रान्ति के हाे ?

रुपान्तरणका आधारहरू भनेका प्रकृतिप्रेम, मानवता, सामाजिक न्याय र साधना आदि हुन ।


जसरि प्रत्येक व्यक्ति सुख, शान्ति र समृद्धि चाहन्छ, त्यसरि नै सचेत क्रान्ति एक साेच हाे जसले दिगाे आनन्द, असलता सहितकाे सफलता चाहन्छ । तर चाहेकाे उदेश्य पुरा गर्नका लागी प्रत्येक ‘म’ ले अरुलाई दाेष लगाउन छाेडि सैद्धान्तिक र व्यवहारिक एकरुपतामा नै रहि केहि जीवनशैलीरुपी आधारहरुमा रहन जरूरी छ।

ती रुपान्तरणका आधारहरू भनेका प्रकृतिप्रेम, मानवता, सामाजिक न्याय र साधना आदि हुन । यसकाे विधिकाे रुपमा संघर्ष, एकता, विकास, न्याय र संगठनलाई लिईएकाे छ । जसमा शान्तिपूर्ण संघर्ष, सहभागितामूलक एकता, दिगाे माैलिक विकास, व्यवहारिक सामाजिक न्याय र सर्बाेच्च विश्वव्यापि संगठन पर्दछन ।

प्रत्येक ‘म’ ले जन्म देखि मृत्यु सम्म संघर्ष गर्नु पर्दछ । याे सबैलाई थाहा छ । किनकि प्रत्येक ‘म’ काे जन्म, जीवन र मृत्यु नै रुपान्तरण हाे । त्यसैले असलताका लागी संघर्ष गर्ने धेरै ‘म’ हरु काे एकता आवस्यक छ ।

उदाहरणकाे रुपमा यही काेराेना कहरलाई करुणाकाे गाउँ शहरमा वदल्ने प्रयत्नलाई सामुहिक प्रार्थना गर्ने विषयकाे रुपमा लिन सकिन्छ। त्यही रुपान्तरित ‘म’ हरुकाे एकताले दिगाे विकास गर्दछ । त्यस विकासले समाजमा सबैलाई न्याय दिनुपर्ने हुन्छ । किनकि याे सत्यमतकाे यात्रा हाे । यसले ‘म’ रुपान्तरित हुँदै शून्य देखि ब्रह्माण्ड सम्म पुग्ने उदेश्य राख्दछ । यसकाे पूरा रुप भनेकाे पल-पल पाईला-पाईलामा सचेत क्रान्ति तेज हाे ।

प्रत्यक ‘म’ ले आफ्नो जीवनरुपी यात्रा अहिले नगरे कहिले गर्ने र मैले नगरे कस्ले गर्ने भन्दै पल-पल पाईला-पाईलामा हाेसमय हुने, बाेध गर्ने, प्रखर रहने, थाहा पाउने, खाेज गर्ने र सचेत रहने प्रयत्न गर्नु पर्दछ । याे राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक सबैकाे रुपान्तरण हाे । यसमा सचेत शब्दले चेतनाकाे र क्रान्ति शब्दले पदार्थकाे प्रतिनिधित्व गर्दछ ।

तेज शब्दले अपाे दिपाे भव, स्व-हम मा रहि आन्तरिक र बाह्य संसार चल्ने ज्याेति, प्रकाश, ज्ञानवाट हाे भन्ने वुझाउछ । ‘म’ शब्द ले आकास, वायु, अग्नि, भूमि र जल (पञ्चतत्व)काे प्रतिनिधित्व गर्दछ। सत्कर्म, प्रेम, सेवा, करुणा, सकारात्मकता, सृजशिलता र आत्मनिर्भरमा रहने प्रयत्न गरि मानवियताकाे कुनै सिमा हुँदैन । वसुधैव कुटुम्वकम, बाचौँ-बचाउँ, हासौँ- हसाउँ जस्ता आयामहरुमा जीवनलाई प्रयाेग, उपयाेग र सदुपयाेग गर्ने साेच नै सचेत क्रान्ति हाे ।

(लेखक शाकाहारी अभियन्ता, याेग साधक, कानुन व्यवसायी, सडक वेवारिसेकाे सेवक एवं उत्प्रेरक हुन ।)


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope