कोरोना संक्रमणबाट सहायकरथी दिनेशकुमार केसीको निधन


काठमाडौं । कोभिड–१९ संक्रमणबाट नेपाली सेनाका सहायकरथी दिनेशकुमार केसीको निधन भएको छ । एक साता अघि कोरोना संक्रमण पुष्टि भएर सैनिक अस्पताल छाउनीमा उपचाररत केसीको बिहीबार बिहान ज्यान गएको नेपाली सेनाले जनाएको छ ।

उनी सेनाको १३ नम्बर बाहिनी लगनखेलका बाहिनीपति थिए । करिब एक महिनाअघि देखि उपचाररत केसीलाई चार दिन अघि सैनिक अस्पतालमा भेन्टिलेटरमा राखिएको थियो । उनी काठमाडौंको न्युरोडका स्थानीय हुन् ।

केसीको निधनबारे नेपाली सेनाका पूर्व प्रधानसेनापति राजेन्द्र क्षेत्रीले सामाजिक सञ्जालमा प्रतिक्रिया दिंदै दुःख व्यक्त गरेका छन् । क्षेत्रीले केसीको निधनबाट नेपाली सेनाले एउटा अमूल्य सदस्य गुमाएको उल्लेख गरेका छन् । हालसम्म कोरोना संक्रमणबाट नेपाली सेनाका विभिन्न दर्जाका गरी ६ जनाको ज्यान गएको छ । 


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope