किराना पसल बन्द हुनेभएपछि खाद्य र साल्ट ट्रेडिङले होम डेलिभरी गर्ने


काठमाडौं । कोरोना संक्रमणको दास्रो लहर नरोकिएको भन्दै कडा पारिएको लकडाउनमा किराना पसल पनि बन्द गरिने भएपछि खाद्य र साल्ट ट्रेडिङले होम डेलीभरी गर्ने भएको छ ।

किराना पसल र डिपार्टमेन्टल स्टोर बन्द गर्ने निर्णयबाट आलोचित प्रशासनले कसैलाई खाद्य सामग्री अभाव भए खरिदका लागि वैकल्पिक व्यवस्था गरेको जनाएको हो ।

नागरिकमा खाद्य सामग्री नै पाइँदैन भन्ने भ्रम गएको भन्दै उपत्यका प्रशासनले नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडबाट अत्यावश्यक सामग्री मगाउन सक्ने गरी व्यवस्था गरेको जनाएको छ ।

प्रशासनले त्यसका लागि कम्पनीको फोन नम्बर पनि सार्वजनिक गरेको छ । नागरिकले खाद्य सामग्री मगाए मोबाइल गाडीबाट घरमै लैजाने व्यवस्था मिलाइएको भनिएको छ ।

दुई कम्पनीमा चामल, दाल, नेल, नूनलगायत सामग्रीको पर्याप्त मौज्दात रहेको कम्पनीले जनाएका छन् । कोही नागरिक आपतमा परे स्थानीय तहमार्फत वितरणका लागि अनुरोध गर्ने पनि निर्णय भएको छ ।

काठमाडौंका सहयाक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीका अनुसार खाद्य संस्थान, साल्ट ट्रेडिङ, उपभोक्ता हित संरक्षण मञ्च र व्यवसायीसमेतको बैठकबाट यो निर्णय गरिएको हो ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope