कोभ्याक्स सुविधा अन्तरगत ल्याइने खोपमा जोनसन र अस्ट्राजेनेकाको खोप सिफारिस

काठमाडौँ । कोभ्याक्सअन्तर्गत पाइने सुविधाको खोपमा कोभिसिल्डको विकल्पमा जोनसन र अस्ट्राजेनेकाको खोप सिफारिस भएको छ ।
खोप सल्लाहकार समितिले अमेरिकाको जोनसन एन्ड जोनसन र अन्य देशमा उत्पादित अक्सफोर्ड–अस्ट्राजेनेकाको खोप माग गर्न सरकारलाई सिफारिस गरेको हो ।
कोभ्याक्सले नेपाललाई कोभिसिल्डको विकल्पमा खोपको नाम दिन जेठ १८ सम्म समय दिएको छ । नेपालले कोभ्याक्सअन्तर्गत १ करोड ३० लाख मात्रा खोप पाउनेछ । यसमध्ये ३ लाख ४८ हजार मात्रा कोभिसिल्ड खोप प्राप्त गरिसकेको छ ।
खोप सल्लाहकार समितिका सदस्य एवं स्वास्थ्य सेवा विभागका परिवार कल्याण महाशाखाका निर्देशक डा. तारानाथ पोखरेलले २ देखि ८ डिग्री सेल्सियस तापक्रममा राख्न सकिने र कम लागत लाग्ने खोप विकल्पमा सिफारिस गरिएको जानकारी दिए ।
अक्सफोर्ड–अस्ट्राजेनेकाले विकास गरेर भारतको सिरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गर्दै आएको कोरोना भाइरसविरुद्धको कोभिसिल्ड खोप कोभ्याक्सलाई समेत तत्काल नदिइने भएपछि त्यसको विकल्प खोजिएको हो ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस