धरानस्थित प्रहरी चौकीमा युवा समुहविच खुकुरी हानाहान, चौकी इन्चार्ज घाइते

काठमाडौं । धरानमा प्रहरी चौकीमा स्थानीय युवाको दुई समूहबीच खुकुरी हानाहान भएको छ । दुई समूहबीच भएको झडप रोक्न खोज्दा चौकीका इन्चार्ज घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी कमल थापाका अनुसार एउटा समूह उजुरी लेख्न आएको थियो । पछिपछि आएको अर्काे समूहले चौकी भित्र आक्रमण गरेको र त्यसलाई रोक्न खोज्दा चौकी इन्चार्ज घाइते भएको जनाइएको छ ।
ति युवाको आक्रमणबाट चौकीका इञ्चार्ज असई सुमन दाहाल घाइते भएका छन् । उनीमाथि खुकुरी प्रहार भएको थियो । घाइते दाहाललाई उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना गरिएको छ ।
घटनामा संलग्नको खोजी भइरहेको एसपी थापाले बताए । घटनामा सात जना संलग्न रहेको भन्दै उनले भने, ‘नाका सिल गरेर खोजी गरिरहेका छौं ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस