फाइजरको खोप चाडै नै बालबालिकालाई पनि लगाउन पाइने विश्वास


नयाँ दिल्ली । फाइजरको कोरोनाभाइरसविरुद्धको खोप चाँडै नै बालबालिकालाई पनि लगाउन पाइने विश्वास गरिएको छ ।  भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले बालबालिकासमेतलाई फाइजरको खोप लगाउन पाइने विश्वास व्यक्त गर्नुभएको हो ।    
    
खोप निर्माण गरेको अमेरिकी औषधि कम्पनीले भारतलाई खोप उपलब्ध गराउने बताए लगत्तै मुख्यमन्त्री केजरीवालको यो अभिव्यक्ति आएको हो । अमेरिकी अधिकारीले सो खोप १२ बर्ष वा सोभन्दा माथिका सवैले लगाउन सक्ने र २–८ डिग्री सेल्सीयसको तापक्रममा एक महिनासम्म भण्डारण गर्न सक्ने पनि जानकारी दिएका छन् ।    
    
“यो खोप बालबालिकालाई अति उत्तम हुने हामीले विश्वास लिएका छौँ, मुख्यमन्त्री केजरीवालले सामाजिक सञ्जाल ट्वीटरमा लेख्नुभएको छ ।  
कोरोनाभाइरसको तेस्रो चरणको महामारी सुरु हुनु अगाडि नै बालबालिकाहरुलाई खोप लगाइ सक्नेगरी व्यवस्था गर्नेतर्फ सक्रियता देखाउन उहाँले केन्द्रीय सरकारलाई पनि आग्रह गर्नुभएको छ ।    
    
आगामी महिनादेखि नै बालबालिकामा कोरोनाभाइरसको बढी असर देखिन सक्ने उहाँले बताउनु भएको छ । महामारीका कारण कक्षा १२ को बोर्ड परीक्षासमेत धेरै ढिला भइसकेको उल्लेख गर्दै उहाँले ती विद्यार्थी र शिक्षकहरुलाई पनि प्राथमिकताका साथ खोपको व्यवस्था गर्न केन्द्रीय सरकारलाई सुझाव दिनु भएको छ ।    
    
फाइजरले आगामी जुलाइदेखि डिसेम्बर सम्ममा पाँच करोड मात्रा खोप भारतलाई उपलब्ध गराउने जनाएको छ ।    


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope