कोरोना विरुद्धको खोपको दोस्रो डोज कहिले सम्म लगाउने ?


कोरोना विरुद्धको खोप पहिलो दोज लगाएका व्यक्तिहरु दोस्रो दोज खोप कहिले लगाउने भन्नेमा अन्यौल छन् । पहिलो दोज लगाएकाहरुमा कोरोना संक्रममण भएको तथा खोप आउने निश्चित नहुँदा दोस्रो दोज खोप कहिलो लगाउने र कहिलेसम्म लगाउँदा हुनेहो भन्नेमा अन्यौमा परेका हुन् ।

खोप सल्लाहकार समितिको बैठकले कोभिसिल्ड खोप पहिलो मात्रा लगाएको १२ सातापछि पनि दोस्रो मात्रा लगाउन सकिने निर्णय गरेको छ । फागुन २३ देखि ६५ वर्ष माथिका नागरिकलाई कोभिसिल्डको पहिलो मात्रा लगाइएको थियो ।

उनीहरूलाई दोस्रो मात्रा जेठ अन्तिमसम्म दिइसक्नुपर्नेमा खोप आउने निश्चित छैन । ‘१२ सातापछि पनि दोस्रो मात्रा खोप दिन सकिन्छ कि सकिँदैन भन्ने अन्योल छ । १२ सातापछि दोस्रो मात्रा दिए पनि खोप प्रभावकारी हुने रिपोर्ट छ,’ स्वास्थ्य सेवा विभागको खोप महाशाखाका प्रमुख डा. झलक गौतमले भने ।

भारत सरकारले प्रभावकारी हुने भन्दै कोभिसिल्ड खोप १२ सातादेखि १६ साताभित्र दोस्रो मात्रा लगाउने निर्णय गरेको थियो ।
खोप शाखा प्रमुख डा. गौतमले चीनको भेरोसेल खोपको पहिलो मात्रा लगाएर दोस्रो मात्रा लिन बाँकी रहेकाका लागि खोप सुरक्षित रहेको जनाएका छन् ।

पहिलो मात्रा लगाएर गाउँ गएका, कोरोना संक्रमण भएर एक महिना पूरा नभएका लगायतका समस्या हुनेका लागि खोप सुरक्षित रहेको उनले बताए । त्यस्ता व्यक्तिहरूलाई खोप लगाउन फेरि समय तोक्ने उनले बताएका छन् ।

गाउँ गएकाले स्थानीय तहमा दोस्रो मात्रा लगाउनका लागि नाम टिपाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरिसकेको छ । स्थानीय तहबाट संकलन भएको नामावलीका आधारमा दोस्रो मात्रा पायक पर्ने ठाउँमा लगाउने योजना मन्त्रालयको छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope