४.१ प्रतिशत आर्थिक बृद्धि लक्ष भेट्न कठिन छ : अर्थमन्त्री पौडेल

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्षमा आर्थिक वृद्धिको लक्ष्य भेट्न मुस्किल हुने बताएका छन् । शुक्रबार आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै अर्थमन्त्री पौडेलले चालु आर्थिक वर्ष ४.१ प्रतिशत आर्थिक बृद्धि हुन कठिन रहेको बताएका हुन् ।
सरकारले चालु बर्ष आर्थिक बृद्धि लक्ष्य ७ प्रतिशत राखेको थियो । केन्द्रीय तथ्याङ्क विभागले भने ४.१ प्रतिशत हुने संशोधित अनुमान गरेको थियो । अर्थसचिव शिशिर कुमार ढुंगानाले देशको आर्थिक सूचकहरु सबै सहज अवस्थामा रहेको बताएका छन ।
शुक्रबार आर्थिक सर्वेक्षण सार्वजनिक कार्यक्रममा बोल्दै उनले आयात निर्यातका सूचक, व्यापारको अवस्था, राजस्व संकलन सबै राम्रो अवस्थामा रहेको बताएका छन् ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस