चिकित्सकमाथि आक्रमण गर्नेविरुद्ध ज्यान मार्ने उद्योगको मुद्दा

काठमाडौं । बाँकेस्थित भेरी अस्पतालका चिकित्सकमाथि आक्रमण गर्नेविरुद्ध प्रहरीले ज्यान मार्ने उद्योग गरेको कसुरमा मुद्दा चलाएको छ ।
बिहीबार राति कोभिड–१९ संक्रमितको मृत्यु भएपछि आफन्तले कोभिड वार्डमा छिरेर डाक्टर र नर्सलाई आक्रमण गरेका थिए ।
आक्रमणमा संलग्न दाङको तुलसीपुर घर भएका मानबहादुर रावत, भरत रावत र लोकराज रावतलाई प्रहरीले पक्राउ गरेको छ ।
उनिहरुविरुद्ध ज्यान मार्ने मुद्दा दर्ता गरिएको हो । महामारीको समयमा फ्रन्टथ लाइनमा काम गरीरहेको स्वास्थ्यकर्मी विरुद्ध भएको आक्रमणको सर्वत्र विरोध हुनुको साथै सरकारको पनि घटनातर्फा ध्यानाकर्षण भएको छ ।
गृह मन्त्रालयको साथै प्रधानमन्त्री वलीले समेत घटना संलग्व्नलाई कारीवाही गर्ने जनाएका छन् । यसअघी चिकित्सकमाथी आक्रमण भएपछि आन्दोलित बनेका स्वास्थ्यकर्मी पनि काममा फर्किएका छन् ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस