काठमाडौंमा आजदेखि निषेधाज्ञामा थप कडाइ, आजदेखी किराना पसल बन्द हुने


काठमाडौ । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञामा आजदेखी थप कडाई गरिएको छ । स्थानीय प्रशासनले काठमाडौं उपत्यकामा निषेधाज्ञालाई शुक्रबारदेखि थप कडा बनाएको हो ।

काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको मंगलबार बसेको संयुक्त बैठकले काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई थप कडा बनाउने निर्णय गरेको थियो ।

सोही निर्णयअनुसार आजदेखि निषेधाज्ञामा कडाइ गरिएको हो । बिहानैदेखि अत्यावश्यक कामबाहेक हिँडडुल गर्नेहरुलाई होल्डमा राखिएको छ भने अनुमति बेगर सवारी चलाउनेहरुमाथि पनि कारवाही शुरु गरिएको छ ।

आजबाट उपत्यका खाद्यान्न, किराना तथा डिपार्टमेन्ट स्टोर खोल्न पाइने छैन । सरकारी कार्यालय, बैंक, इन्टरनेट सेवा प्रदायक संस्था र एनसेलका सवारी साधन बिहान साढे ९ देखि साढे १० सम्म चल्न पाउने छन् । त्यसैगरी बेलुका ५ बजेदेखि ६ बजेसम्म मात्र ती सवारी साधनहरु चल्न पाउँनेछन् ।

सरकारी, बैंक र इन्टरनेट सेवा प्रदायक कम्पनीका गाडी गुडाउन कडाइ गर्ने निर्णय गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले रातोपाटीलाई बताए ।

निजी तथा सार्वजनिक निर्माण बन्द गर्ने र निर्माण सामग्री ढुवानीमा पनि रोक लगाउने निर्णय गरिएको छ । काठमाडौं, भक्तपुर र ललितपुरबाट यसअघि जारी सबै सवारी पास रद्द गरिएको छ । आदेशको अवज्ञा गर्नेलाई कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश–०७८ अनुसार कारवाही गरिने स्थानीय प्रशासनले चेतावनी दिएको छ । 


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope