जेठ १८ देखी चीन, कतार र टर्कीमा नियमित उडान संचालन हुने


काठमाडौँ । हाल चार्टड उडानमात्रै संचालन भैरहेकामा चीन, कतार र टर्कीमा नियमित उडान संचालन हुनेक भएको छ । चार्टर उडानमा वायुसेवा र एजेन्टको मिलोमतोमा यात्रुलाई ठगिने क्रम नरोकिएछि नेपाल सरकारले जेठ १८ गतेदेखि नेपालसँग नियमित उडान भइरहेका चीन, कतार र टर्कीका नियमित उडान खोल्ने निर्णय गरेको हो ।

बिहीबारको मन्त्रिपरिषद् बैठकले जुन १ (जेठ १८) देखी कतारको राजधानी दोहा, टर्कीको इस्तानबुल र चीनका कुनै पनि स्थानमा दोहोरो अन्तर्राष्ट्रिय उडान खुला गरेको जनाइएको छ । नियमित उडानलाई थप व्यवस्थित गरेर खोल्ने नीतिगत निर्णय भएको भनिएको छ ।

हाल सरकारले भारतीय यात्रुलाई साउदी अरब पु¥याउन नेपाल वायुसेवा निगम, हिमालय एयरलायन्सलाई चार्टर उडान अनुमति दिएको थियो । त्यस्तै कूटनैतिक नियोगको पत्रका आधारमा कतार र टर्किस एअरलाइन्सले चार्टर उडान अनुमति पाइरहेका छन् ।

वैशाख १६ गतेदेखि निषेधाज्ञा लगाएको सरकारले वैशाख २० मा आन्तरिक र वैशाख २३ रातिदेखि भारतबाहेक अन्य मुलुकका लागि हुने अन्तर्राष्ट्रिय उडानमा रोक लगाएको थियो ।

यि देशमा नियमित उडान खुल्ने भएपछि केही नियमपनि बनाइएको छ । मन्त्रिपरिषद् बैठकले खोपको दुवै डोज लगाएका र पीसीआर नेगेटिभ भएका यात्रुलाई विमानस्थलबाटै १० दिन होम क्वारेन्टाइन बस्ने सर्तमा छाड्ने भनेको छ ।

एउटा खोप बाँकी भएको तर पीसीआर नेगेटिभ भएका यात्रुले तीन दिन काठमाडौंका होटलमा आफ्नै खर्चमा क्वारेन्टाइन बस्नु पर्ने छ । खोप नलगाएको तर पीसीआर नेगेटीभ आएकाले १० दिन अनिवार्य आफ्नै खर्चमा होटलमा बस्नुपर्ने नियम बनाएको छ । 


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope