संविधान जनताले अनुभूत गर्न सक्ने गरी कार्यान्वयन भएमात्र यसको औचित्य स्थापित हुन्छ : सभामुख

काठमाडौं । सभामुख अग्नि सापकोटाले संविधान अनुरुप राज्य संयन्त्रमा भएका परिवर्तन सबै जनताले अनुभूत गर्न सक्ने गरी कार्यान्वयन भएमात्र यसको औचित्य स्थापित हुने बताएका छन् ।
गणतन्त्र दिवसको उपलक्ष्यमा एक शुभकामना सन्देश दिंदै सभामुख सापकोटाले यस्तो बताएका हुन् । सापकोटाको सन्देशमा नेपाली जनताका प्रतिनिधिमार्फत् २०६५ जेठ १५ गते संविधानसभाको पहिलो बैठकबाट घोषणा गरिएको गणतन्त्र जनताको बलिदानीपूर्ण संघर्षको प्रतिफल भएको उल्लेख गरेका छन् ।
सभामुख सापकोटाले गणतन्त्रलाई संस्थागत गर्ने संविधानको कार्यान्वयन गर्ने र संघीयता, धर्मनिरपेक्षता, समानुपातिक, समावेशी सिद्धान्तलाई संविधानले निर्दिष्ट गरेअनुसार कार्यान्वयन गर्नु र गराउनु राज्यको सर्वोच्च ओहोदामा रहेका पदाधिकारीहरुको पहिलो कर्तव्य भएको समेत उल्लेख गरेका छन् ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस