भारतको उत्तर प्रदेशमा विषाक्त मदिरा सेवनबाट २२ जनाको मृत्यु


नयाँ दिल्ली  । भारतको उत्तर प्रदेशमा विषाक्त मदिराको सेवनबाट कम्तीमा पनि २२ जनाको ज्यान गएको बताएको छ । सो प्रदेशको अलिगार्च जिल्लामा ती व्यक्तिहरु मारिएका हुन् ।

उत्तर प्रदेशको सदरमुकाम लखनउबाट करिब ४१६ किलोमीटर टाढा रहेको सो गाउँमा उक्त दुर्घटना भएको शनिबारका सञ्चारमाध्यमहरुले जनाएका छन् ।    
    
यस क्षेत्रका प्रशासकीय एकजना अधिकारीले सो विषाक्त रक्सीको सेवनबाट यहाँका २२ जनाको ज्यान गएको छ भने अरु केही अस्पताल भर्ना भएका छन् ।

अस्पताल भर्ना भएकाहरुको अवस्था पनि गम्भीर रहेको पनि सो समाचारमा जनाइएको छ । बिहीबार साँझ ती व्यक्तिहरुले एक लाइसेन्स रहेको पसलबाट नै रक्सी किनेका थिए ।    
    
सो रक्सी सेवनबाट विरामी भएका उनीहरु शुक्रबार साँझ ज्यान गएको हो । यहाँका स्थानीयहरुले शुक्रबार अपरान्हबाट मानिसहरु निकै विरामी परेका र साँझदेखि मर्न थालेका बताइएका छन् ।   

यहाँका प्रहरी अधिकारीहरुले सो क्षेत्रका पाँच ओटा रक्सी पसल सिल गरेका छन् र ती पसलका मालिकहरुलाई नियन्त्रणमा लिएका छन् । त्यस्तै ती पसललाई रक्सी बेच्ने अनुमति दिने सरकारी अधिकारीलाई पनि खोजी गरिरहेको जनाइएको छ ।    


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope