उदय निरौलाका कविता


बिष्णु विभु घिमिरे लेख्छन, ‘उदय निरौला समकालीन नेपाली कवितामा निरन्तर सिजर्नरत कवि हुन्।आधुनिक नेपाली कविताको उत्तरार्ध समयलाई बुझाउनलाई बीस तीस,चालीसका दशकका कवि भनेर बझाउने चलन छ। यसर्थमा उनी चालीसका दशकका एकजना शक्तिशाली कवि हुन्। उनका कविता धेरै कारणले उनका समकालीन कविका भन्दा भिन्न छन् ।’

साहित्यकार तथा भूपू प्रधानमन्मन्त्री लोकेन्द्रबहादुर चन्द लेख्छन, “यो पाँचौ सङ्ग्रहमा आइपुग्दा ‘अस्ताँउदो घाम टेकेर’ ले वर्तमान देशको अवस्थालाई चित्रण गरेको छ। बस्तु निष्ठ भएर हेर्दा मेरो बिचारमा उनी एक आफ्नो कला र सँस्कृती प्रति सचेत एक राष्ट्र कब नै हुन् भन्ने मलाई लाग्छ।नेपाल साहित्यका पाठकहरू उनका कविता प्रति कोही पनि अनभिज्ञ होलान् भन्ने म ठान्दिन।अरु सँग्रहहरू पनि वहाँका तयार छन् ।नेपालका सरकारी प्रकाशनहरूले ती सँग्रह वहाँसँग मागेर छापी जनता र पाठक समक्ष पुर्याउने कार्य छिटै गरून्,म ठान्छु, मेरो आग्रह र कविलाई शुभकामना।’

उनका कृतिबाट केहि कविताहरु निम्न छन् ।

१ कविता
——–
चराहरूको चिरबिर सहितको बिहान
हिमालको घमाइलो सुनौलो बिहान
कहाँ लुक्छ परदेशमा देखिँदैन
कागको एकनास या-या मात्र सुनिन्छ।
आँखाहरू पर सम्म तन्कन्छ
नत राराको गीत बज्छ
नत फोकोसुन्डोको नाद बज्छ
रुखो रुखो मैदानहरू तन्किएका छन्
बिना लक्ष्यको
बिना उदेश्यको
सुन्दर छैन मन
अनि लाग्दैन सुन्दर याहाँको बन
तै पनि पर्देशिनु बाध्यताको यात्रा
“उता देशमा सरकार छैन
भएत ? जाबो मजदुरीका लागि मरूभुमीको यो तातो हावा फेर्नु पर्ने थिएन
सोच्छ पर्देशी
देशमा हावा चिसो छ
तर सरकार छैन
सुन्दैछ ऊ अलिकति भएको सरकार पनि ढल्दैछ रे
सानै हावा थेग्न नसक्ने सरकारले के नागरिकको लागि केही गर्छ?”
“बा आमाको पेट पुर्न धौ धौ
बिवाहबारी र प्रेमबारे के सोच्ने
एउटी मायालु छे उसलाई पनि अर्कै प्रेमी खोज भन्नु पर्ला
यो मरूभुमीमा के झर्ला?
खै के गर्ने ?”
“साथीहरूको हाल उस्तै
देशका शासकहरू गरीबको लागि आएको भन्थे
ती त सबै माटै बेच्ने पो परेछन्
हामीलाई त बेचे
अब बुढाखाढा पनि बेच्लान्
बा आमा पनि भेटिँदैन होला”
बालुवामाथि बसेर बालुवा टाँसिएको हात हेर्छ पर्देशी
र पहेंलो हुँदै गएको घाम
पहेँलो हुँदै गएको अनुहार-
पहेंलो भएका निकोटिन ग्रस्त हातले मुसार्छ
र बिस्तारै बिस्तारै दस तलामाथिको खट चड्छ
बिस्तारै बिस्तारै ।
बिस्तारै बिस्तारै ।।

२ यो पोस्ट मोर्डानिजम हो

सानै भैँचालो नसहने घर बनाउनु भन्दा त
बाँसको टाटी राम्रो
सालिम्बोको लाछी राम्रो
किन उठाउनु बडेमाको कंङ्क्रिट
आजकल घरहरू यस्तै बनाउँछन् साथीहरू लडीजाने!
लेख्ने बित्तिकै बिर्सिजाने कथा
जोड्ने बित्तिकै च्यात्तिजाने कमिज
नतुन्नु बरु
नलेख्नु बरू
आजकल साथीहरू यस्तै कविता,कथा लेख्छन्
अनि साथीहरू यस्तै कमिज सिलाँउछन्
युज एण्ड थ्रो !
ब्रेकफास्ट जस्तो
उपन्यास
ड्राइफुड जस्तो भाषण
अनि साइकिलको टायर जस्तो बिचार
र बारीको बाँजो जस्तो प्रेम
भकिअमिलो जस्तो शासक प्रशासक
जताततै सडकमा देखिनु
पिच उक्किनु
आषाढ मसान्तको नजिकै
अर्को आर्थिक बर्ष देखेर काम थाल्नु
हस्याँङ् फस्याङ् उकालो चढ्ने कोशिस गर्नु
नियमित रुटिन बनिरहेको समय
कोहीबाट केही दर्हो आँउछ के आशा गर्नु
सबै पाटाका सन्ठीजस्ता प्याट् प्याट् भाँचिने
भकिअमिलाको काठजस्तो तात्न पा छैन पड्कने
बडो नचिनेको पराइ समय देशमा मडारिरहन्छ
कम से कम केही दिन टिकोस् न
न उपन्यास टिकेकोछ
न कथा खपेको छ
न कविता सँझेकोछ
न घर नै गतिलो उभिएको छ
नानीहरूको जग त पाठशालाको अरू कमजोर बन्दै गएको छ
भन्छन् साथीहरू यो पोस्ट मोर्डानिजम हो !

समिक्षक: चन्द्र गुरुङ

साभार: फेसबुक पोस्ट


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope