संसद विघटन मुद्दामा अदालतलाई दबाब दिन खोजिएको महान्यायाधिवक्ता बडालको आरोप


काठमाडौं । महान्यायाधिवक्ता रमेश बडालले संसद विघटनको मुद्दामा अदालतलाई दबाब दिन खोजिएको आरोप लगाएका छन् । संसद विघटनसम्बन्धी मुद्दा सुनुवाइ गरिरहेको संवैधानिक इजलासमा उनले रिट निवेदक पक्षबाट अदालतलाई दबाब दिने काम भएको आरोप लगाएका हुन् ।
उनले आफुले बुझेअनुसार स्वच्छ सुनुवाइ नभइरहेको भन्दै मिडिया ट्रायल किन भइरहेको छ ?’ भन्ने प्रश्न गरे । यसअघिको संसद विघटन मुद्दामा पनि रिट निवेदकले इजलासका विषयमा प्रश्न उठाएको र अहिले पनि त्यस्तै गरिरहेको बडालले बताए ।
बडालले स्वच्छ सुनुवाइ हुने हो भने मुद्दाका पक्षले के के पालना गर्ने त्यो पनि आदेश र बहस पनि सँगसँगै हुनुपर्ने धारणा राखे ।
बडालले न्यायाधीशमाथि प्रश्न उठाउनु, प्रधानन्यायाधीश र प्रधानमन्त्रीबीच भेट भएको खबर सार्वजनिक हुनु र विपक्षी दलहरुको संयुक्त बैठक बसेर गरेको निर्णयले पनि स्वच्छ सुनुवाईमा असर पारेको दावी गरे ।
रिट निवेदकहरु शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपल, उपेन्द्र यादव र दुर्गा पौडेलले प्रत्येक दिन केही न केही कुरा गरेर मिडिया स्ट्राटेजी चलाउने निर्णय गरेको भन्दै उनले यसले स्वच्छ सुनुवाइमा असर पार्ने जिकिर गरे ।
महान्यायाधिवक्ता बडालले संवैधानिक इजलासमा रहेका न्यायाधीशमाथि प्रश्न नउठाउन रिट निवेदकलाई चेतावनी दिए । उनले न्यायाधीशमाथि प्रश्न उठाउने हो भने आफूहरुले पनि निवेदन दिने बताए ।

संवैधानिक इजलासमा रहेका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु तेजबहादुर केसी र बमकुमार श्रेष्ठमाथि आइतबार रिट निवेदकका कानुन व्यवसायीले प्रश्न उठाएका थिए ।

न्यायाधीश श्रेष्ठले नेकपा विभाजनसम्बन्धी मुद्दा हेरेको भन्दै रिट निवेदक पक्षका कानुन व्यवसायीले उनको सहाभगितामा प्रश्न उठाएका छन् । तर महान्यायाधिवक्ता बडालले अहिले नेकपा नभई प्रधानमन्त्री विपक्षी भएकाले उनले हेर्न मिल्ने दावी गरे ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope