संवैधानिक व्यवस्था अनुसारनै बजेट ल्याएका हौं, कार्यान्वयन हुन्छ : अर्थमन्त्री पौडेल


काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेलले संवैधानिक व्यवस्था अनुसारनै बजेट ल्याएको दावी गरेका छन् । अर्थमन्त्री पौडेलले संविधानले गरेको प्रबन्धअनुसार नै बजेट ल्याएको हुँदा बजेट कार्यान्वयन हुनेमा शंका नगर्न आग्रह गरेका छन् ।

आगामी आर्थिक बर्ष २०७८÷७९ का लागि सरकारले ल्याएको अनुमानित आय–व्यय बजेटका सम्बन्धमा आइतबार मन्त्रालयमा गरिएको पत्रकार सम्मेलनमा अर्थमन्त्री पौडेल कार्यान्वयन गर्ने योजना, प्रतिबद्धता र संकल्पका साथ बजेट आएको स्पष्ट पारेका हुन् ।

मन्त्री पौडेलले अर्थतन्त्रलाई पुरानै लयमा फर्काउने विषयमा बजेट केन्द्रित भएको र ती समस्या समाधानका लागि स्पष्ट योजना र दृष्टिकोणका साथ प्रस्तुत भएको बताए । आर्थिक क्षेत्रमा देखिएका चुनौतीको सामना गर्दै अर्थतन्त्रलाई पुरानै लयमा फर्काएर अर्थतन्त्र चलायमान बनाउँदै समृद्धिको सपना साकार पार्ने प्रतिबद्धता पनि उनले जनाए ।

उनले सोमबारदेखि नै बजेट कार्यान्वयनका विषयमा छलफल अघि बढाउने र कार्यान्वयनको अभियानलाई तीव्रता दिएर अघि बढ्ने बताए । उनले भने, ’यो सरकारले बजेट कार्यान्वयन गर्छ । यसमा दुविधा राख्नुपर्ने छैन ।’
उनले सरकारले चुनावका लागि आवश्यक बजेट विनियोजन गरेको र स्वतन्त्र निष्पक्ष ढंगले निर्वाचन सम्पन्न गर्न सम्पूर्ण सामर्थ्य परिचालन गरिने बताए ।

कतिपयले वर्तमान सरकारलाई पूर्ण बजेट ल्याउने अधिकार नएको भन्दै कामचलाउ बजेट ल्याउनुपर्ने टिप्पणी गर्ने गरेको भन्दै उनले संविधानले गरेको प्रबन्धअनुसार नै बजेट ल्याएको दाबी गरे ।

बजेटमा नागरिकको जीवनरक्षाका लागि सम्पूर्ण स्रोत साधन र क्षमता लगाउने र जीवन रक्षा गर्ने प्रतिबद्धताका साथ सरकार प्रस्तुत भएको उनले उल्लेख गरे । उनले कोभिडका विरुद्धको खोपका सम्बन्धमा असाधारण पहलकदमी लिएर खोपसेवा उपलब्ध गराउनेमा केन्द्रित भएर लाग्ने प्रतिबद्धता पनि जनाए ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope