सर्लाहीमा हात्ती आतंक, ४ घरमा क्षति


काठमाडौं । सर्लाहीको तालवन्दीमा जंगली हात्तीले ४ घर भत्काएको छ । आज बिहानपख गाउँ पसेका तीनवटा जंगली हात्तीले लालबन्दी नगरपालिका–१० पोखरीटोलमा चार वटा घर भत्काएको हो ।

स्थानीय श्याममाया मगर, पहलमान मोक्तान, नुरुल अन्सारी र देवलाल डिमडुङकको घर जंगली हात्तीले आक्रमण गरी भत्काएको र घरभित्र राखिएको धान र गहुँ लगायत अन्न खाइदिएको छ । हात्ती आएको थाहा पाएपछि घरका मानिसले भने भागेर ज्यान जोगाएका छन् ।

हात्तिीले तामाङ समुदायका मानिसको शव अन्त्येष्टि गर्ने घाटमा रहेको टहरो र फूटबल मैदानको पोल समेत उखेलिदिएको लालबन्दी नगरपालिका–१० का वडाध्यक्ष तोपबहादुर श्रेष्ठले जानकारी दिए। उनका अनुसार गएको ३ गते मात्र १० नम्वर वडामाहात्तीले ६ वटा घरमा क्षती पुर्याएका थिए। एकसाता अघि हरिवन १ चापिनीमा पनि एक घरमा क्षति पु¥याएको थियो।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope