प्रतिरक्षा प्रणाली मजबूत बनाउन गुर्जो र तुलसीपत्ता


काठमाडौँ । शरिरको रोग प्रतिरोधात्मक क्षमता बढाउन मानिसहरुले यस समयमा अनेक उनाय अपनाइरहेका छन् । यहीमध्य प्रतिरक्षा प्रणाली अर्थात रोग प्रतिरोधात्मक क्षमता बढाउन गुर्जो र तुलसीको पातले पनि मद्दत मिल्ने सुन्दै आएका छौं। कसरी काम गर्छ जानिराख्नुहोस् ।

गुर्जोमा प्रतिरक्षा प्रणाली सुधार गर्ने तत्वहरु पाइने अध्ययनले पुष्टि गरेको छ। साथै यसले शरीरबाट विषाक्त पदार्थहरू बाहिर निकाल्न पनि मद्दत गर्दछ। त्यसैगरी, गुर्जोमा एन्टिपायरेटिक गुण हुन्छ। जसले ज्वरो नियन्त्रण गर्न मुख्य भूमिका खेल्दछ।

शीतल गुण भएको गुर्जोको सेवनले गर्मीबाट टाउको दुखेको, आँखा, पिसाब, पैताला हात खुट्टा र जीउ पोल्ने समस्याको पनि समाधान गर्ने जनाइएको छ ।

त्यसैगरी, तुलसीलाई ’जडिबुटीहरूको रानी’ भनेर पनि चिनिन्छ। कोरोनाभाइरसको महामारी बढेसँगै मानिसहरुले तुलसीको प्रयोगमा बढी जोड दिन थालेका छन्। यस स्थितिमा चिकित्सकहरुले पनि तुलसीको प्रयोग गर्न सिफारिस गर्दै आएका छन्। वैज्ञानिकरुपमा मात्र नभएर तुलसीको अध्यात्मिकरुपमा धेरै उपयोगी मानिन्छ।

तुलसीले विभिन्न रोगलाई रोकथाम गर्न, सामान्य स्वास्थ्यको बढवा गर्न र दिनभरीको थकान र तनावलाई कम गर्न मद्दत गर्दछ।
तसर्थ, यी दुई उत्कृष्ट जडिबुटीहरूको संयोजनले स्वस्थ र दीर्घायू जीवनलाई बढवा गर्छ। त्यसैगरी, गुर्जो र तुलसी परम्परागत रूपमा परिचित जडिबुटी पनि हो।

जसले रोग प्रतिरोधात्मक क्षमताको स्तर बढाउँदछ र सबै तीन ’दोष’ लाई सन्तुलनमा राख्ने विश्वास गरिन्छ ।
यद्यपि, दुवै जडिबुटीहरू अत्याधिक प्रयोग वा केही अवस्थामा हानिकारक पनि हुनसक्छ। यी दुबै जडिबुटीको प्रयोग उचित र सन्तुलितरुपमा गर्न चिकित्सकहरुको सुझाव छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope