साताको पहिलो दिन कारोबार रकममा पुनः नयाँ रेकर्ड


काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार सकारात्मक देखिएको छ । आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक १२ दशमलव ५४ अंकले बढेर २ हजार ८ सय २७ दशमलव ९३ अंकमा पुगेको छ ।

अझ सेयर कारोबार रकमले ऐतिहासिक रेकर्ड कायम गरेको छ । यस अघि पौने १५ अर्बको कारोबार भएर रेकर्ड राखेकोमा आइतबार त्यो रेकर्ड ताड्दै कारोबार रकम १७ अर्ब नाघेको छ ।

आगामी आर्थिक वर्ष २०७८÷७९ को बजेट आएको भोलि पल्ट शेयर बजार सकारात्मक देखएिको छ। सेयर बजारले छोटो समयका लागि सेयर कारोबार गर्नेलाई पुँजीगत लाभकर वृद्धि गरेको छ ।

यसले बजारमा नकरात्मक प्रभाव पर्नसक्ने आकलन थियो । बजेटले गरेका अन्य व्यवस्था र निजी क्षेत्रले समेत बजेटको स्वागत गरेकाले यसको सकारात्मक असर सेयर बजारमा परेको छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope