एसईई परीक्षा वैकल्पिक विधिबाट गर्न अनुमति माग


काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) वैकल्पिक विधिबाट सञ्चालन गर्न माग गरेको छ । जेठ १३ का लागि पूर्व निर्धारित समयमा परीक्षा कोरोना महामारीका कारण हुन नसकेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग वैकल्पिक विधिबाट परीक्षा सञ्चालन गर्न बोर्डले अनुमति माग गरेको हो ।

आइतबार बसेको परीक्षा बोर्डको बैठकले समितिको प्रतिवेदन शिक्षा मन्त्रालयमा पठाउने र मन्त्रालयले उपयुक्त विधि छनोट गरी मन्त्रिपरिषदमा लैजान आग्रह गरिएको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले बताए ।

परिक्षा संचालन सुझाव समितिको प्रतिवेदनको आधारमा अनुमति माग गरिएको मागिएको बोर्डका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलले बताए ।

बोर्डले एसईई र कक्षा १२ को परीक्षा सञ्चालनबारे सुझाव दिन शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक वैकुण्ठ अर्यालको नेतृत्वमा समिति गठन गरेको थियो । समितिले एसईई र कक्षा १२ दुबैको परीक्षा सञ्चालनबारे विभिन्न विकल्प सुझाएको थियो ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope