प्रतिनिधिसभा विघटन मुद्दा संवैधानिक इजलासमा बहस जारी


काठमाडौँ । प्रतिनिधिसभा विघटनसम्बन्धमा परेका रिट निवेदनमाथि संवैधानिकइजलासमा बहस भइरहेको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा आइतबार पनि बहसलाई निरन्तरता दिइएको हो ।

यसअघि शुक्रबार सुरु भएको बसहलाई आजबाट बहस सुरु गर्ने गरी ‘हेर्दाहेर्दै’मा राखिएको थियो । प्रतिनिधिसभा दोस्रोपटक विघटनपछि १ सय ४६ सांसदले दायर गरेको सहित यससम्बन्धी ३० वटा निवेदन सर्वोच्च अदालतमा परेका छन् ।

ती निवेदन हेर्न प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबराको नेतृत्वमा पाँच सदस्यीय संवैधानिक इजलास गठन गरिएको छ । शुक्रबारको बहसमा निवेदक पक्षका अधिवक्ताहरूले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७६ को उपधारा ३ बमोजिम नियुक्ति पाएर धारा ७६ को उपधारा ४ अनुसार विश्वासको मत लिनुपर्ने बताएका थिए ।

यसैविच प्रतिनिधिसभा विघटनको मुद्दा सुनुवाइका लागि गठित संवैधानिक इजलासमा न्यायाधीश बमकुमार श्रेष्ठको सहभागितालाई लिएर बहस सुरु भएको छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope