‘भियतनामी भेरिएन्ट हावाबाट पनि सर्न सक्ने’


काठमाडौं । भियतनाममा नयाँ प्रजातिको कोरोना भाइरस फेला परेको भियतनामी भीएन एक्सप्रेस नामक समाचार संस्थाले सरकारी अधिकारीलाई उद्धृत गरी आइतबार समाचार सम्प्रेषण गरेको छ ।

भियतनाममा विकसित भएको नयाँ प्रकारको कोरोना भाइरस बेलायती र भारतीय भेरिएन्ट मिलेर बनेको दावी गरिउको छ । यो नयाँ प्रजातिको भाइरस हावाबाट छिट्टै सर्नसक्ने अझ खतरनाक भाइरस भएको भियतनामी स्वास्थ्य अधिकारीले बताएका छन् ।

भियतनामका स्वास्थ्यमन्त्री नुगेन थानले यो भाइरस हावाबाट निकै छिटो सर्नसक्ने खालको रहेको बताउनुभयो । नयाँ भेरिएन्टको जेनेटिक कोड भने सार्वजनिक गरिएको छैन ।

सन् २०१९ को अन्त्यमा चीनको वुहानमा पहिलो पटक पत्ता लागेको कोरोना भाइरस सुरु भएयता हजारौं पटक यो भाइरस परिवर्तन भई कहीँ कमजोर त कहीँ थप खतरनाकरूप लिएको छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope