विवेक लुईंटेलको ‘घुमाउरो बाटो’
काठमाडौँ । गायक विवेक लुईंटेलको नयाँ गीत ‘घुमाउरो बाटो’ सार्वजनिक भएको छ। यसअघि ल्याएको ‘घोप्टेभिर’ गीतबाट निकै चर्चा कमाएका उनले ‘घुमाउरो बाटो’ ल्याएका छन् ।
‘घुमाउरो बाटो’ गीतमा रोजगारीका लागि परदेसिएका नेपालीले भोग्नुपरेका दुःख, पीडा, वेदना र नेपालमा बसेर उनीहरूलाई पर्खिरहेका आफन्तहरूको छटपटी देखाइएको छ ।
म्यूजिक भिडियोमा विप्लव कँडेल, आसिका उप्रेती, आरती सापकोटा, रोशन ढकाललगायत कलाकारको अभिनय छ ।
बाबा हन्टर (सिजन कार्की)को निर्देशन रहेको भिडियोलाई प्रतीम कार्कीले खिचेका छन् भने सिर्जना केसीले नृत्य निर्देशन गरेका छन्।
प्रफुल्ल केसीले रचना गरेको गीतमा संगीत संयोजन भने शैलेन्द्रमोहन प्रधानले गरेका छन्।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस