राष्ट्रियसभा उप निर्वाचनको मतदान सम्पन्न, ३ जनप्रतिनिधि अनुपस्थित


काठमाडौं । लुम्बिनी प्रदेशको रिक्त एक सिटका लागि निर्वाचन सम्पन्न भएको छ । सोमबार दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा बिहान ९ बजेदेखि ३ बजेसम्म भएको मतदानमा २९७ जनप्रतिनिधि मतदान गरेका छन् ।

प्रदेश निर्वाचन कार्यालयका अनुसार स्थानीय तर्फको मतदानमा केन्द्रमा महिला ७२ र पुरुष १०८ जनाले मतदान गरे भने प्रदेशतर्फको मतदान केन्द्रमा महिला ३० र पुरुष ५० जनाले मतदान गरे । यस्तै कोभिड संक्रमितका लागि व्यवस्था गरिएको मतदान केन्द्रमा प्रदेशका ३ र स्थानीयतर्फका २४ जनप्रतिनिधिले मतदान गरे ।

नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धवलशमशेर राणा सहित ३ जना मतदानमा सहभागी भएनन् । मेयर शमशेरले कोरोना महामारीको समयमा मतदान प्राथमिकतामा नपरेको भन्दै मतदान बहिस्कार गरेका हुन् ।

बाँकेको नरैनापुर गाउँपालिकाका अध्यक्ष मोहम्मद इस्तियाक साह र गुल्मीको दरबार गाउँपालिका अध्यक्ष अशोक थापा भने बिरामी भएका कारण मतदानमा सहभागी नभएको जनाइएको छ ।

प्रदेश सभाका भने सबै ८३ जनाले मतदान गरेका छन् । केहीबेरमा मतगणना सुरु हुने र आज नै घोषणा गरिने प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope