कैलाली र कञ्चनपुरमा विद्युत सेवा अवरुद्ध


काठमाडौं । हावाहुरीका कारण ठाउँ–ठाउँमा पोल भाँचिएर ढलेपछि कैलाली र कञ्चनपुरमा विद्युत सेवा अवरुद्ध भएको छ ।

मंगलबार बिहान आएको हावाहुरीका कारण विद्युतको पोल ढलेपछि प्रदेशको अस्थायी राजधानी धनगढीसहित महेन्द्रनगर, टीकापुर, लम्किचुहा, झलारी लगायतका मुख्य शहर क्षेत्र र ग्रामीण भेगमा विद्युत सेवा अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरण प्रादेशिक कार्यालय अत्तरियाले जनाएको छ ।

र्यालयका अनुसार कतिपय ठाउँमा रूख ढलेर तार चुडिएको र अधिकांश स्थानमा सिमेन्टका पोल भाँचिएकाले विद्युत आपूर्ति ठप्प भएको छ । दुवै जिल्लामा लाइन मर्मत सम्भारका लागि प्राविधिक टोली खटिएपनि सीमित जनशक्ति हुँदा सेवा सुचारू गर्न केही समय लाग्ने कार्यालयले जनाएको छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope