बजेटले निजी क्षेत्रको मागलाई सम्बोधन गरेको छ : महासङ्घ


काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले आर्थिक वर्ष २०७८र७९ ले निजी क्षेत्रको मागलाई सम्बोधन गरेको बताएको छ । महासङ्घका अध्यक्ष नरेश कटुवालले सोमबार एक विज्ञप्ति जारी गरी बजेटले निजी क्षेत्रको मागलाई धेरै हदसम्म समेट्ने प्रयास गरेको भन्दै बजेट समग्रमा सकारात्मक भएको बताउनुभयो ।

“बजेट समग्रमा राम्रो आए पनि यसको कार्यान्वयन पक्ष भने निकै चुनौतीपूर्ण छ, बजेट कार्यान्वयनमा सरकारले विशेष ध्यान दिनुपर्छ”, अध्यक्ष कटुवालले भन्नुभयो ।

कोभिड–१९ ले प्रभावित बजेटमा उल्लेख गरिएका व्यवसायीलाई आगामी आवमा तिनुपर्ने नवीकरण, इजाजत दस्तुर हटाउने, होटल तथा पर्यटन क्षेत्रलाई उत्पादनमूलक उद्योगसरहको सुविधा उपलब्ध गराउने, ट्राभल र ट्रेकिङको प्याकेजमा मूल्य अभिवृद्धि कर हटाउने निर्णय बजेटका सकारात्मक पक्ष भएको महासङ्घले जनाएको छ ।

कोभिडबाट बढी प्रभावित २९ लाख लघु, घरेलु एवं साना व्यवसायीको नवीकरण शुल्क मिनाहादेखि आयकरमा समेत छुट दिनु राम्रो पक्ष भएको बताइएको छ ।

महासङ्घले आगामी आवका लागि नेपाल राष्ट्र बैंकले ल्याउने मौद्रिक नीतिले पनि बजेटमा भएका व्यवस्थालाई थप सहजीकरण गरी कोभिड–१९ ले सबै प्रकारका उद्योग व्यवसायलाई सम्बोधन गर्नुपर्ने मागसमेत गरेको छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope