चीनको सिनोभ्याक खोपले पनि आपतकालीन प्रयोग अनुमति पायो

काठमाण्डौ । चिनले विकास गरको सिनोभ्याक खोपले पनि आपतकालिन प्रयोगका लागी अनुमति पाएको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)लेसनोभ्याक खोपलाई आपतकालीन प्रयोगको अनुमति दिएको हो ।
चीन, ब्राजिल, चिली, इण्डोनेशिया, मेक्सिको लगायतका देशमा प्रयोग भइरहेको कोरोना विरुद्धको खोप सिनोभ्याकलाई डब्ल्यूएचओले आपतकालीन प्रयोगको अनुमति दिएको बीबीसीले जनाएको छ ।
चीनले नै विकास गरेको सिनोफार्म खोपले भने यस अघि नै डब्ल्यूएचओबाट आपतकालीन प्रयोगको अनुमति पाइसकेको छ ।
आपतकालीन प्रयोगको अर्थ उत्पादन, सुरक्षा र प्रभावकारिताका हिसाबले अन्तर्राष्ट्रिय मापदण्ड पूरा भएको भन्ने रहेको डब्ल्यूएचओले जनाएको छ ।
सिनोभ्याक खोप १८ वर्षभन्दा माथि उमेर समूहका लागि लगाउन सकिने र दुई देखि चार हप्ताको बीचमा दोश्रो मात्रा लिनुपर्ने जनाइएको छ ।
डब्ल्यूएचओको अनुमतिसँगै यो खोप कोभ्याक्स सुविधा अन्तर्गत प्रयोग गर्ने बाटो खुलेको र यसले खोपको पहुँच विस्तारमा सहयोग पुग्ने डब्ल्यूएचओको विश्वास छ ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस