स्वास्थ्यकर्मीमाथि प्रहरीले कुटपिट गरेको विरोधमा विराटनगरमा प्रदर्शन


काठमाडौं । स्वास्थ्यकर्मीमाथी भएको आक्रमणको विरोधमा विराटनगरमा प्रदर्शन गरिएको छ । कोशी अस्पतालबाट डिउटी सकेर घर फर्कंदै गरेका स्वास्थ्यकर्मीमाथि प्रहरीले कुटपिट गरेको छ ।

सहकर्मी कुटिएको विरोधमा विराटनगरमा स्वास्थ्यकर्मीहरुले प्रदर्शन गरेका छन् । बुधबार कोशी अस्पताल विराटनगर परिसरमा प्लेकार्डसहित कुटपिटको विरोधमा प्रदर्शन गरेका हुन् ।

मंगलबार राति साढे ९ बजे अस्पतालबाट घर फर्कंदै गर्दा सिनियर अहेब अशोक राजवंशीलाई प्रहरीले कुटपिट गरेको हो । मोटरसाइलमा घर जाँदै गर्दा विराटनगरको देवकोटा चोकमा डिउटीमा रहेका दुईजना प्रहरीले कुटपिट गरेको उनले बताए ।

नेपाल चिकित्सक संघ कोशीको अगुवाइमा प्रदर्शनमा उत्रिएका स्वास्थ्यकर्मीहरुले महामारीमा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीको सुरक्षाको ग्यारेन्टी गर्न माग गरे ।

यस्तै नेपाल चिकित्सक संघ कोशीका अध्यक्ष डा. फरवार्ड सिलवालले महामारीमा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी प्रहरीबाटै कुटिनु दुःखद भएको बताए ।

स्वास्थ्यकर्मी कुटिएको विषयमा प्रहरीले छानबिन गर्ने जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले बताए ।  


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope