फ्रान्सबाट सहयोग प्राप्त स्वास्थ्य सामग्री नेपाल आइपुग्यो


काठमाडौं । फ्रान्स सरकारले नेपाललाई सहयोग गरेको स्वास्थ्य सामग्री नेपाल पुर्याई नेपाल सरकारलाइृ हस्तान्तरण गरिएको छ ।

बुधबार बिहान एयरबसको ए ३५० जहाजमार्फत् स्वास्थ्य सामग्री नेपाल ल्याइएको हो । त्रिभुवन विमानस्थलमा बुधबार नै नेपालका लागि फ्रान्सका राजदूत फ्रान्कोइस जेभियरले स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरे ।

फ्रान्स सरकारले सहयोग स्वरुप दिएको मास्क, एन्टिजेनिक टेस्ट, प्रोटेक्सन ग्लास, ओरीस रेस्पिरेसन तथा कन्सुमेल लगायत सामग्री बुधबार नेपाल आइपुगेको हो ।

प्राप्त स्वास्थ्य सामग्रीमा एफएफपी २ मास्क ५ लाख ४ हजार थान, एन्टिजेनिक टेस्ट २० हजार २२५ थान, प्रोटेक्सन ग्लासेस १२ हजार थान, ओरिस रिस्पिरेसन एण्ड कन्सुमेबल ९ थान र सिरिअस ५० रिस्पिरेटर एण्ड कन्सुम्बल छ थान सहयोग रहेको नेपालका लागि फ्रान्सेली राजदूतावासले जनाएको छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope