चीनमा बर्डफ्लुको ‘एच१०एन३’ भेरियन्ट मानिसमा देखियो


काठमाडौं । चीनमा बर्डफ्लुको दुर्लभ भेरियन्ट एच१०एन३ को संक्रमण पहिलोपटक मानिसमा देखिएको छ । पुरुषमा उक्त भेरियन्टको संक्रमण पुष्टि भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । चीनमा अहिले संक्रमित भएका व्यक्तिबारे विस्तृत जानकारी भने दिइएको छैन ।

यद्यपि यो संक्रमण मानिसबाट अर्को मानिसमा सजिलै नसर्ने अनुमान गरिएको छ । समाचारमा उल्लेख गरिए अनुसार चीनको जियान्सु प्रान्तमा बस्ने ४१ वर्षीय पुरुषमा गतसाता कोरोनाको संक्रमण पुष्टि भएको थियो । उनी अहिले संक्रमणबाट मुक्त भइसकेका छन् ।

बर्डफ्लुको धेरै भेरियन्टहरु देखिएका छन् । तर, कुखुरा फर्ममा काम गर्ने मानिसमा भने यो संक्रमण भने देखिएको थिएन । अहिले संक्रमण देखिएका मानिसको सम्पर्कमा आएका अन्य मानिसमा गरिएको परीक्षणमा भाइरसको संक्रमण देखिएको छैन ।

चीनको नेशनल हेल्थ कमिसन (एनएचसी)ले मंगलबार दिएको जानकारी अनुसार जेनजियाङ सहरमा बस्ने बर्डफ्लुका संक्रमित गत अप्रिल २८ मा अस्पतालमा भर्ना भएका थिए । त्यसको एक महिनापछि उनलाई एच१०एन३को संक्रमण भएको पुष्टि भएको थियो ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope