विदेशबाट फर्किएकालाई राख्न क्वारेन्टिन अनुमति पाएका होटलको सुची

काठमाडौं । सरकारले विदेशबाट फर्कने यात्रुहरुका लागी क्वारेन्टिनको अनुमति पाएका होटलहरुको सुची प्रकासित गरेको छ ।
सरकारले ५ वटा पाँचतारेसहित ७८ वटा होटललाई क्वारेन्टिन होटलका रुपमा सूचीकृत गरेको छ ।
विदेशबाट फर्किएकाबाट सर्नसक्ने संक्रमणलाई रोक्न क्वारेन्टिन बस्न पर्यटन विभागले होटलको सूची सार्वजनिक गर्दै न्यूनतम मापदण्ड तोकेको छ । महानिर्देशक रुद्रसिंह तामाङका अनुसार कम्तीमा २० वटा कोठा भएको होटललाई क्वारेन्टिनका रुपमा अनुमति दिइएको छ ।
सरकारले खाडीमा वैदेशिक रोजगारीमा गएर नेपाल फर्कनेलाई ५ दिन र अन्य अवस्थामा फर्कने नेपाली र विदेशी नागरिकलाई १० दिन होटल बुकिङको प्रमाण देखाएपछि मात्र नेपाल आउन अनुमति दिने नियम बनाएको छ ।
विभागले सार्वजनिक गरेको सूचीमा रहेका होटललाई यात्रुले क्वारेन्टिनका लागि बुक गर्न सक्नेछन् । विभागले यसअघि भारतबाट आउने यात्रुलाई राख्न तोकेका १० होटलमा अन्य ६८ वटा थप गर्दै ७८ वटाको नाम क्वारेन्टिन होटलको रुपमा सार्वजनिक गरेको छ ।
सरकारले ठमेल, सुन्धारा, कलंकी क्षेत्रका होटललाई भने क्वारेन्टिन नबनाउने निर्णय गरेको छ । हाल नेपालले पहिलो चरणमा टर्की, कतार, चीन र भारतमा नियमित हवाई उडान सञ्चालनमा ल्याएको छ ।
क्वारेन्टिन बसेवापत लिने शुल्क भने सरकारले तारे होटलको तोकेको छैन । ती होटल स्वयंले मूल्य तोक्न सक्ने जनाएको छ । तर पर्यटनस्तरका होटलको दैनिक शुल्क भने ३ हजार रुपैयाँ तोकिएको छ । यसभित्र बिहानको खाजा, खाना, दिउँसोको खाजा र साँझको खानासमेत पर्छ ।






हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस